गृहपृष्ठ कांग्रेस महाधिवेशन : रूपन्देहीमा देउवा पक्ष र पाैडेल पक्षबीच झडप, ५ जना घाइते
कांग्रेस महाधिवेशन : रूपन्देहीमा देउवा पक्ष र पाैडेल पक्षबीच झडप, ५ जना घाइते
नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत रुपन्देही क्षेत्र नम्बर ३ ‘क’ को मतगणनामा झडप भएको छ । मतगणना चलिरहँदा पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्ष आक्रमणमा उत्रिएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेता कुटिएका हुन् ।
मत गणनामा पौडेल पक्षले लिड गरेपछि संस्थापन पक्षले पौडेल पक्षका ५ जनामाथि आक्रमण गरेको थियो । आक्रमणमा क्षेत्रीय सचिवको उम्मेदवार तथा नेविसंघ रुपन्देहीका पूर्वअध्यक्ष शैलेश पन्थ गम्भिर घाइते भएका छन् । उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । घाइते अन्यको निजी अस्पतालमा उपचार भइरहेको छ ।
मतगणनामा पौडेल पक्षबाट प्यानल नै बनाएर प्रदेश सभा क्षेत्रीय सभापतिमा उम्मेदवारी दिएका पुरनप्रसाद श्रेष्ठको टिमले अग्रता लिँदै गरेको अवस्थामा देउवा पक्षका कार्यकर्ताले जेनेरेटर बन्द गराएर पाँच जनामाथि हातपात र कुटपिट गरेका थिए । घाइते पन्त मंसिर ६ गते हुन गइरहेको प्रतिनिधि सभा क्षेत्रीय सचिव पदका उम्मेदवार हुन् । आक्रमण भएपछि मतगणना स्थगित भएको छ ।
मतगणनामा हार्ने निश्चित भएपछि तरुण दल रुपन्देहीका अध्यक्ष सोमबहादुर गुरुङको नेतृत्वमा आक्रमण भएको सभापतिका उम्मेदवार पुरनप्रसाद श्रेष्ठले बताए ।
प्रकाशित समय : १७:४९ बजे




















