global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ राखेप सदस्य सचिवका लागि दरखास्त आह्वान

राखेप सदस्य सचिवका लागि दरखास्त आह्वान

राखेप सदस्य सचिवका लागि दरखास्त आह्वान

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिवका लागि दरखास्त आह्वान भएको छ । युवा तथा खेलकुद मन्त्रालयले शनिबार एक सूचना प्रकाशित गर्दै राखेप सचस्य सचिवका लागि दरखास्त आह्वान गरेको हो ।

सदस्य सचिवमा आवेदन दिने उम्मेदवार कम्तीमा स्नातक तह उत्तिर्ण गरेको शैक्षिक योग्यता तोकिएको छ । यस्तै, खेलकुद क्षेत्रमा कम्तीमा ५ वर्ष काम गरेको, ३० वर्ष उमेर पूरा भएको र प्रचलित कानुनले अयोग्य नभएको व्यक्तिले राखेप सदस्य सचिवका लागि दरखास्त दिन सक्ने मन्त्रालयले जानकारी दिएको छ । इच्छुक व्यक्तिले राखेप सदस्य सचिवका रुपमा गर्ने कामको योजना (कार्ययोजना)को सम्भावित खाकासहित अबको ७ दिन भित्र आवेदन पेस गर्नसक्ने मन्त्रालयले जानकारी दिएको छ ।

केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारका पालमा राखेप सदस्य सचिव नियुक्त भएका रमेश सिलवालाई सरकारले पदमुक्त गरेपछि राखेप सदस्य सचिवको पद खाली छ। गत कात्तिक १ गते सरकारले सोधिएको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै उनलाई पदबाट मुक्त गरिएको हो ।

प्रकाशित समय : १७:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु