global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ नीभ कर्पोरेशनले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

नीभ कर्पोरेशनले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

नीभ कर्पोरेशनले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

काठमाडौं । नीभ कर्पोरेशन लिमिटेडले सर्वसाधारणमा प्रति शेयर अंकित १ सय रुपैयाँ अंकित दरको २५,००,००० कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन गर्नको लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धमा वैशाख २३ गते बुधबारको दिन ग्लोबल आइएमई क्यापिटल लिमिटेडको रजिष्टर्ड (केन्द्रीय) कार्यालय नक्साल, काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा नीभ कर्पोरेशन लिमिटेडको तर्फबाट अख्तियार प्राप्त सञ्चालक अध्यक्ष यज्ञमुर्ति न्यौपाने र ग्लोबल आइएमई क्यापिटल लिमिटेडको तर्फबाट अख्तियार प्राप्त प्रमुख कार्यकारी अधिकृत मन्दिप लुईटेलले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

नेपालको कृषि तथा पर्यटन क्षेत्रमा आधुनिक, दिगो तथा स्थानीय पहिचानमा आधारित व्यवसाय सञ्चालन गर्ने उद्देश्यसहित वि.सं.२०७६ सालमा स्थापना भएको यस कम्पनीको केन्द्रीय कार्यालय तुलसीपुर, दाङमा रहेको छ भने सम्पर्क कार्यालय सोल्टीमोड, काठमाडौंमा रहेको छ । कम्पनीले हाल दाङ, नेपालगञ्ज तथा सुर्खेत आदि क्षेत्रमा स्थानीय संस्कृति, स्वाद, भेषभूषा तथा परिवेशलाई समेटेर होटल तथा पर्यटन व्यवसाय सञ्चालन गर्दै आएको छ ।

कम्पनीले आतिथ्यता, कृषि र पर्यटनलाई समेट्ने एकीकृत अवधारणा सहित पूर्वको इलाम देखि कर्णालीसम्म र सुदुरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रहरु सहित गरी देशका २० भन्दा बढी स्थानमा आफ्नो व्यवसाय विस्तार गर्ने लक्ष्य अघि सारेको छ । स्थानीय स्रोत–साधन, सम्भाव्यता, भौगोलिक विविधता तथा प्राकृतिक सौन्दर्यलाई केन्द्रमा राखेर कम्पनीले मुख्य रुपमा होटल तथा पर्यटन, आधुनिक कृषि र दिगो विकासका क्षेत्रमा कार्य गरिरहेको छ ।

होटल तथा पर्यटन क्षेत्र अन्तर्गत कम्पनीले स्थानीय मौलिकता, संस्कृतिको जगेर्ना र प्रवद्र्घन, आतिथ्य सत्कार तथा परम्परागत स्वादको संरक्षण र प्रवद्र्घन मार्फत आन्तरिक तथा ब्राह्य पर्यटनलाई प्रोत्साहन गर्ने लक्ष्य राखेको छ । त्यस्तै कृषि क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग गरी गुणस्तरीय कृषि उपज उत्पादन, भण्डारन, प्रशोधन तथा बजारीकरणका साथै कृषि पर्यटनको विकासमा जोड दिइएको छ ।

दिगो तथा हरित विकासलाई प्राथमितामा राख्दै कम्पनीले शून्य कार्बन उत्सर्जन तथा कार्बन फुटप्रिन्ट न्यूनिकरणमार्फत वातावरणमैत्री व्यवसायिक अभ्यासलाई प्रवद्र्वन गर्ने उद्देश्य लिएको छ । स्थानीय उत्पादन, स्थानीय रोजगारी तथा स्थानीय संस्कृतिको संरक्षण मार्फत दीर्घकालीन आर्थिक तथा सामाजिक योगदान पुर्याउने लक्ष्य कम्पनीको रहेको छ ।

प्रकाशित समय : १२:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु