गृहपृष्ठ साताको पहिलो दिन सुनको मूल्य बढ्यो
साताको पहिलो दिन सुनको मूल्य बढ्यो
साताको पहिलो दिन सुनको मूल्य बढेको छ । गत शुक्रबार तोलामा ४ सय रूपैयाँ बढेको सुनको मूल्य आज २ सय रूपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाइएको छ ।
महासंघका अनुसार गत शुक्रबार तोलामा ९४ हजार ४ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबारको लागि तोलामा ९४ हजार ६ सय रूपैयाँ कायम गरिएको हो । त्यस्तै आज तेजाबी सुनको मूल्य ९४ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार तोलामा ३५ रूपैयाँ बढेको चाँदीको मूल्य आज १० रूपैयाँ बढेको महासंघले जनाएको छ । महासंघका अनुसार गत शुक्रबार तोलामा १ हजार २८५ रूपैयाँमा कारोबार भएको चाँदी आज तोलामा१ हजार २९५ रूपैयाँमा कारोबार भइरहेको हो ।
प्रकाशित समय : १७:०६ बजे



















