global ime bank Long Banner Ad

गृहपृष्ठ विद्युत् लाइन मर्मत टोली चढेको गाडी दुर्घटना, दुई जनाको मृत्यु

विद्युत् लाइन मर्मत टोली चढेको गाडी दुर्घटना, दुई जनाको मृत्यु

विद्युत् लाइन मर्मत टोली चढेको गाडी दुर्घटना, दुई जनाको मृत्यु

विराटनगर । विद्युत् आपूर्ति अवरुद्ध भएपछि मर्मतका लागि रातारात खटिएका नेपाल विद्युत् प्राधिकरण धरान वितरण केन्द्रका दुई कर्मचारीको इटहरीमा सवारी दुर्घटनामा मृत्यु भएको छ । दुर्घटनामा एक जना कर्मचारी घाइते भएका छन् ।

सोमबार राति दुहबी–धरान ३३ केभी प्रसारण लाइनमा समस्या देखिएपछि प्राधिकरणले पेट्रोलिङ तथा मर्मतका लागि कर्मचारी परिचालन गरेको थियो । सोही क्रममा बा १ ञ १६५१ नम्बरको प्राधिकरणको स्कोरपिओ इटहरी–२० सेउती पुलबाट करिब २०० मिटर दक्षिणतर्फ दुर्घटनामा परेको हो ।

नेपाल विद्युत् प्राधिकरण धरानका प्रमुख हरिराम पोखरेलका अनुसार राति ९ः५४ बजे लाइनमा समस्या आएपछि टोली मर्मतका लागि निस्किएको थियो । तर गन्तव्यमा पुग्नुअघि नै दुर्घटना हुँदा दुई कर्मचारीको ज्यान गएको उनले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी सुवास हमालका अनुसार धरानबाट इटहरीतर्फ आउँदै गरेको स्कोरपिओ राति करिब ११ः४० बजे आफैँ अनियन्त्रित भएर दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

दुर्घटनामा स्कोरपिओ चालक धरान–१३ का ३३ वर्षीय बिर्खबहादुर राई र हेल्पर पदमा कार्यरत धरान–१६ का ४९ वर्षीय सुमन आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते दुवै जनालाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

दुर्घटनामा घाइते भएका प्राधिकरणका ज्यालादारी कर्मचारी धरान–२० का ३२ वर्षीय पदम राईको बिपी प्रतिष्ठानमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको जनाइएको छ ।

दुर्घटनामा प्राधिकरणको स्कोरपिओ पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको छ । प्रारम्भिक रूपमा मर्मतका लागि हतारमा गइरहेका बेला तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ ।

प्रकाशित समय : ०८:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु