global ime bank Long Banner Ad

गृहपृष्ठ फिफा वरियताको शीर्षस्थानमा रहेको बेल्जियम विश्वकपमा छनाेट

फिफा वरियताको शीर्षस्थानमा रहेको बेल्जियम विश्वकपमा छनाेट

फिफा वरियताको शीर्षस्थानमा रहेको बेल्जियम विश्वकपमा छनाेट

फिफा वरियताकाे शीर्ष स्थानमा रहेको बेल्जियम आउँदो वर्ष हुने विश्वकप फुटबलमा स्थान बनाउन सफल भएको छ । युरोपियन क्षेत्रको छनौट चरणअन्तर्गत शनिबार राति भएको खेलमा इस्टोनियालाई ३-१ ले पराजित गर्दै बेल्जियमले कतार विश्वकपमा स्थान पक्का गरेकाे हो ।

समूह 'ई'मा रहेको बेल्जियमले घरेलु मैदानमा भएको खेलमा जित निकाल्ने क्रममा ११औँ मिनेटमा क्रिष्टियन बेन्टेक, ५३औँ मिनेटमा यानिक कारास्को र ७४औँ मिनेटमा थोर्गन हजार्डले गोल गरेका हुन् । इस्टोनियाका लागि ७०औँ मिनेटमा एरिक सोर्गाले सान्त्वना गोल गरे । जितपछि बेल्जियमको सात खेलबाट १९ अंक भएको छ ।

प्रकाशित समय : १४:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु