global ime bank Long Banner Ad

गृहपृष्ठ लागूऔषधसहित पाँच जना पक्राउ

लागूऔषधसहित पाँच जना पक्राउ

लागूऔषधसहित पाँच जना पक्राउ xr:d:DAFQ4UFI_nI:702,j:44705443211,t:23040605

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयले गाँजा र ब्राउन सुगरसहित लागूऔषध ओसारपसार गर्ने पाँच जनालाई आज पक्राउ गरेको छ ।

कार्यालयका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापा अनुसार, गौरादह नगरपालिका–१ का २६ बर्षीय बिशाल राई र उमेश राजवंशीलाई ५६० मिलिग्राम ब्राउन सुगर पक्राउ गरिएको छ ।

यसैगरी, सङ्खुवासभा खाँदबारी नगरपालिका–५ का ७० वर्षीय भीमबहादुर तामाङलाई उनकै घरबाट लुकाईछिपाई राखिएको पाँच किलो १०५ ग्राम गाँजासहित नियन्त्रणमा लिएको थियो ।

त्यसैगरी, दुहबीबाट खटिएको प्रहरी टोलीले मोरङको धनपालथान गाउँपालिका–१ का जमालउद्दीन मिया र इमदाद मियालाई १०७ ग्राम ४५ मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको जनाएको छ ।

 

प्रकाशित समय : १६:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु