काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

चन्द्रागिरि रिसोर्टलाई ‘इन्टरनेशनल हस्पिटालिटी एण्ड ट्राभल अवार्ड’

17.03K
shares

चन्द्रागिरि हिल्स रिसोर्टलाई ‘इन्टरनेशनल हस्पिटालिटी एण्ड ट्राभल अवार्ड-२०२१’ प्रदान गरिएको छ । शनिबार नयाँ दिल्लीमा आयोजना गरिएको एक कार्यक्रममा नेपालको एक उत्कृष्ट रिसोर्टका रुपमा उक्त अवार्ड प्रदान गरिएको हो ।

हस्पिटालिटी इन्डिया, भारतीय पर्यटन बोर्ड र एक्स्प्लोर द वर्ल्डद्वारा आज नयाँ दिल्लीमा आयोजित कार्यक्रममा केही भारतीय होटल तथा ट्राभल एजेन्सीसहित नेपालको चन्द्रागिरि रिसोर्टलाई पनि उत्कृष्ट रिसोर्ट अवार्ड प्रदान गरिएको हो । सो कार्यक्रममा अतिथिका रुपमा आमन्त्रित संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र भारतीय पूर्वमन्त्री विजय गोयलले संयुक्त रुपमा सो अवार्ड प्रदान गरेकाे आयोजक भारतीय पर्यटन बोर्डद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।

नेपालको एक उत्कृष्ट पर्यटकीय गन्तव्य चन्द्रागिरि हिल्समा अवस्थित यस रिसोर्टमा पछिल्ला केही वर्षमा भारतीय पर्यटक पनि आकर्षित भइरहेका बताइन्छ । केबलकार सहितको यो गन्तव्य नेपालका आन्तरिक पर्यटकको पनि आकर्षक गन्तव्य हो । दक्षिण एसियामा उत्कृष्ट होटल तथा रिसोर्टहरुलाई प्रदान गरिने यस अवार्डबाट सन् २०१९ मा पनि चन्द्रागिरि रिसोर्ट सम्मानित भएको थियो ।

सो अवार्ड प्रदान गरेपछि मन्त्री आलेले चन्द्रागिरि हिल्स रिसोर्टले अवार्ड प्राप्त गरेकामा खुसी व्यक्त गर्दै नेपालका होटल रिसोर्ट पनि अन्तर्राष्ट्रियस्तरका अवार्ड प्राप्त गर्न सक्षम छन् भन्ने यो एक सफल उदाहरण भएकाे बताए । उनले नेपालका उत्कृष्ट गन्तव्यस्थलको भ्रमण गरी मनोरञ्जन लिन भारतीय पर्यटकलाई आमन्त्रण गरे । भारतका पूर्वमन्त्री विजय गोयलले नेपाल विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा परिचित रहेको धारणा राखे ।