काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

आईएमई लाइफको पुनर्वास नगरपालिकामा शाखा विस्तार

10.73K
shares

आईएमई लाइफ इन्स्योरन्स कम्पनी लिमिटेडले पुनर्वास नगरपालिकामा शाखा बिस्तार गरेको छ । कम्पनीले उक्त नगरपालिकामा आफ्नो शाखाको औपचारिक उद्घाटन गरेको हो ।

कम्पनीका क्षेत्रिय प्रबन्धक सुमन तिमिल्सिनाले र पुनर्वास नगरपालिकका मेयर जीवनराज थापाले उक्त शाखाको उद्घाटन गरेका थिए । मेयर थापाले बिमासम्बन्धी जागरण अभियानमा आईएमई लाइफ इन्स्योरन्स कम्पनीलाई सदैव सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका थिए  । त्यस्तै उद्घाटनका क्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयालले कम्पनीका भावी योजना, आधुनिक प्रविधिद्वारा प्रदान गरिने सुविधाका सम्बन्धमा र सुदुर पश्चिमका जनमानसमा जीवन बीमाको पहुँच तथा जागरुकताकोलागि सो शाखा बिस्तार कोसेढुंगा रहने बिचार व्यक्त गरेका थिए ।

सोही क्रममा कम्पनीका बिजनेस हेड कर्मराज पौडेलले आईएमई लाइफ इन्स्योरन्स कम्पनीमा बिमा अभिकर्ता भई काम गर्दा स्थानीय समुदायको समृद्धिमा टेवा पुग्ने बताए । उक्त शाखाबाट सुदुरपश्चिम तथा खास गरी पुनर्वास नगरपालिकाका बासिन्दाहरुलाई सहज रुपमा आईएमई लाइफ इन्स्योरन्सले प्रदान गरिरहेको जीवन बिमासम्बन्धी विभिन्न सेवाहरु अझै सुदृढ र सक्षम हुने कुरामा कम्पनी विश्वस्त रहेको कुरा कम्पनीका सुदुर पश्चिमका क्षेत्रिय प्रबन्धक  सुमन तिमिल्सिनाले जानकारी गराएका थिए ।

चाँडै नै आइपीओमार्फत सर्वसाधारणलाई सेयर बिक्री गर्न लागेको आईएमई लाइफ इन्स्योरन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कवि फुयालले सर्वसाधारण जनसमुदायमा जीवन बिमाको सुलभताको लागि अझै थुप्रै शाखाहरु आफ्नो योजनाको प्राथमिकतामा रहेको जानकारी दिए । हाल कम्पनीका देशभर १३४ वटा शाखा तथा उप-शाखा सञ्चालनमा छन् । कम्पनीमा हाल २,०७,४३४ बीमित छन् भने २३,४१४ अभिकर्ता कार्यरत छन् ।