राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी
वि.सं.२०८३ असोज २७ मंगलवार १८:१४
shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज दुई अध्यादेश जारी गरेका छन।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा ‘वनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ र ‘भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३’ जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
























