पत्रकार थामीको परिवारलाई आर्थिक सहयोग
वि.सं.२०८३ असोज २७ मंगलवार १७:५८
shares
पत्रकार थामीको परिवारलाई सहयोग हस्तान्तरण काठमाडौँ, २७ असोज : राष्ट्रिय समचार समिति (रासस) केन्द्रीय कार्यालय, भद्रकालीमा मङ्गलबार आयोजित कार्यक्रममा नेपाल पत्रकार महासङ्घ, रासस–प्रतिष्ठान शाखाले भोटेकोशी बाढीमा दिवंगत पत्रकार टेकराज थामीको परिवारलाई सहयोग हस्तान्तरण गर्दै । तस्बिर : गोपाल दाहाल/रासस
काठमाडौँ । भोटेकोशी बाढीमा परी बेपत्ता हुनुभएका पत्रकार टेकराज थामीको परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।
नेपाल पत्रकार महासङ्घ, रासस–प्रतिष्ठान शाखाद्वारा राष्ट्रिय समाचार समितिको केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा स्वर्गीय थामीकी श्रीमती कालिका खड्कालाई विभिन्न प्रतिस्ठानमा कार्यरत पत्रकार एवं राससकर्मीबाट सङ्कलित रकम प्रदान गरिएको हो ।
त्यस अवसरमा महासङ्घका अध्यक्ष निर्मला शर्मा र रासस प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद सापकोटाले दुई लाख ३० हजारको चेक राससकर्मी खड्कालाई हस्तान्तरण गरे ।
कार्यक्रममा अध्यक्ष शर्माले अकल्पनीय विपद्मा परी थामीसहित तीन पत्रकार गुमाउनुपरेको बताइन्। उनले थामी इमान्दार र सक्रिय पत्रकार भएको स्मरण गरिन् । भोटेकोशी बाढीमा परी बेपत्ता भएका पत्रकारका परिवारलाई केन्द्रले तत्काल सहयोगका रूपमा एकरएक लाख प्रदान गरेको उनले जानकारी दिइन् ।
























