काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति डे क्लर्कको निधन

9.65K
shares

दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति फ्रेडरिक विलेम डे क्लर्कको ८५ वर्षको उमेरमा आज निधन भएको छ । दक्षिण अफ्रिकाका अन्तिम गोरा राष्ट्रपति क्लर्कले सन् १९८९ देखि १९९४ सम्म शासन गरेका थिए ।

उनको नाममा स्थापित कोषले जनाएअनुसार क्यान्सरग्रस्त पूर्वराष्ट्रपति क्लर्कको आज बिहान फ्रेस्नेमा आफ्नै निवासमा निधन भएको हो । उनकी पत्नी एलिटा, छोराछोरी जान र सुसान र नातिनातिनाहरू छन् ।