परराष्ट्रमन्त्री-सार्क महासचिव भेट
वि.सं.२०७८ कात्तिक २६ शुक्रवार ००:३४
shares

परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का महासचिव एसाला रुवान वीराकुनले शिष्टाचार भेट गरेका छन् ।
त्यस अवसरमा उनीहरूबीच सार्कको वर्तमान स्थिति र रोकिएको क्षेत्रीय प्रक्रियालाई पुनःसञ्चालन गर्नेलगायत क्षेत्रीय सहयोगका विविध आयाम र आवश्यकताबारे विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
























