global ime bank Long Banner Ad

गृहपृष्ठ शाओमी नेपालद्वारा ‘शाओमी प्याड ५’ सार्वजनिक

शाओमी नेपालद्वारा ‘शाओमी प्याड ५’ सार्वजनिक

शाओमी नेपालद्वारा ‘शाओमी प्याड ५’ सार्वजनिक

शाओमी नेपालले 'शाओमी प्याड ५' सार्वजनकि गरेको छ । यसका साथै शाओमीले आफ्नो शाओमी प्याडको सिरिजलाई विस्तार गरेको छ । प्रयोगकर्ताहरूको अनुभवलाई अझै उच्च स्तरमा लैजादै गएको शाओमी प्याड ५ एक उच्च प्रदर्शन प्रदान गर्ने स्लीक प्याड भएको कम्पनीको भनाइ छ ।

शाओमी प्याड ५ लेट् टु लाइफ भ्युइन्ग एक्पेरियन्स, इमर्सिभ क्वाड स्टेरियो स्पिकर र २२.५ वाटको इन-बक्स चार्जरसहित ८७२०एमएएचको उच्च क्षमताको ब्याट्री प्रस्तुत गर्दछ । शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, 'शाओमी प्याड ५ एक अल-इन-वान ट्याब्लेट हो । जुन अनुकूल छ र आवश्यकताअनुसार कार्यस्थान र मनोरञ्जन उपकरण दुवैको रूपमा कार्य गर्दछ । तपाईं घरमा हुँदा वा अफिसमा हुँदा यसको उत्पादकता-अनुकूल सुविधाहरूले तपाईं कार्यरत भएको कुरालाई सुनिश्चित गर्दछ ।' उनले थपे, 'बिल्ट-इनलो ब्लू लाइट टेक्नोलोजी र ट्रु डिस्प्लेका साथशाओमी प्याड ५ ले आँखामा पर्ने तनावलाई न्यूनीकरण गरेर सुरक्षित र सहज दृश्यको अनुभव प्रदान गर्दछ । यसको क्वालकम स्न्याप्ड्रागन ८६० मोबाइल प्लेटफर्म र विशाल ८७२० एमएएच ब्याट्रीले यसको प्रडक्टिभिटी सुइटलाई शक्ति प्रदान गर्दछ । इमर्सिभ क्वाड स्टेरियो स्पिकरहरू भएकोले मनपर्ने टिभी कार्यक्रम हेर्नको लागि इमर्सिभ मनोरञ्जन उपकरणको रूपमा यसलाई प्रस्तुत गरिएको छ।'

धेरै समय टिक्ने एक बहुमुखी वर्क स्टेसन

काम जस्तोसुकै समय लाग्ने भएतापनि शाओमी प्याड ५ को शक्तिशाली हार्डवेयरले ग्राहकलाई बिना कुनै अवरोध कुशलतापूर्वक काम गर्न सुनिश्चित गर्दछ । यसको शक्तिशाली ७ न्यानोमिटरको उच्च-कार्यक्षमता क्वालकम स्न्याप्ड्राग ८६०प्रोसेसर २.९६ गिगाहर्जसम्मको गतिमा पुग्छ भने यसको विशाल ८७२० एमएएचको ब्याट्रीले ग्राहकलाई दिनभर पावर अप रहन मद्दत गर्दछ ।

जहाँ हुँदापनि आफ्नो ध्यानकार्यमा लगाउनुहोस्

शाओमी प्याड ५ को इमर्सिभ ११- इन्चको डिस्प्लेले उत्कृष्ट दृश्य प्रस्तुत गर्नको लागि यसको उच्च डब्लुक्युएचडी+ १२० हर्जको रिफ्रेस रेट प्रदान गर्दछ । ट्रु डिस्प्ले टेक्नोलोजीसँग सुसज्जित रहेको शाओमी प्याड ५ ले वातावरणीय बिजुलीमा आधारित थप सटीक र रियल-टु-लाइफ छवि प्रदान गर्न यसको डिस्प्लेलाई एड्जस्ट गर्दछ । सनलाइट डिस्प्लेको सपोर्टको साथ, शाओमी प्याड ५ ले प्रयोगकर्तालाई उज्यालो सूर्यको प्रकाशमा पनि स्पष्ट, तीखा छविहरू हेर्न मद्दत गर्दछ । शाओमी प्याड ५ ले डल्बी एटमसद्वारा सञ्चालित इमर्सिभ ध्वनि अनुभव पनि प्रदान गर्दछ ।

भित्र र बाहिर दुवैतिर स्टाइलिस

चाहे घरमा होस्, विद्यालयमा होस् वा अफिसमा होस्, शाओमी प्याड ५ एक स्टाइसि उपकरण भएको कम्पनीको दाबी छ । हल्का तौल, स्लिम डिजाइन फिचर गर्ने शाओमी प्याड ५ पोर्टेबल छ र यसलाई सहज रूपमै झोलामा राखेर हिडडुल गर्न सकिन्छ। हामी जहाँ भएता पनि, ट्याब्लेटको रंङ र क्यामेराको डिजाइनले हाम्रो आँखालाई मोहित बनाउने पनि कम्पनीले उल्लेख गरेको छ । शाओमी प्याड ५ दुई रङका विकल्पहरू, कस्मिक ग्रे र ल्युमिनिसेन्ट पर्ल वाइट रंगमा उपलब्ध रहेको छ । जसमा दुवैलाई शाओमी ११ सिरिजको क्यामेरा डिजाइनसँग सुसंगत आइकोनिक रियर क्यामेरा डेको शैलीद्वारा प्रस्तुत गरिएको छ।

उपलब्धता :

६ जीबीं२५६ जीबी : नेपाली  ४९ हजार ९९९

६ जीबीं १२८ जीबी : नेपाली ४४ हजार ९९९

शाओमी प्याड ५ कार्तिक २१ गते देखि कस्मिक ग्रे र पर्ल वाइट रंङमा नेपालको सबै आधिकारिक स्टोरहरुमा उपलब्ध हुने कम्पनीले जनाइएको छ । 

प्रकाशित समय : २०:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु