गृहपृष्ठ प्रधानन्यायाधीशलाई अदालत प्रवेश गर्न नदिने बारको घोषणा
प्रधानन्यायाधीशलाई अदालत प्रवेश गर्न नदिने बारको घोषणा
नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भोलिदेखि सर्वोच्च अदालत प्रवेश गर्न नदिने भएका छन् । आज बारले सर्वाेच्चमा गरेकाे धर्ना कार्यक्रमकाे समापन गर्दै वकिलहरुले प्रधानन्यायाधीशलाई भोलिदेखि अदालत प्रवेश निषेध गर्ने जनाएका हुन् ।
त्यसका लागि बारले उपत्यकामा भएका सबै कानुन व्यवसायीलाई भोलि १० बजे सर्वोच्च परिसरमा उपस्थित हुन आह्वान गरेको छ । आजदेखि देशभरका बार इकाइहरुले प्रधानन्यायाधीशको विरुद्धमा आन्दोलन सुरु गरेका छन् । सर्वोच्च अदालभित्रको विकृति विसंगतिको अत्य गर्न भन्दै बारले कात्तिक १४ गतेदेखि निन्तर आन्दोलन गर्दै आएका छन् । सोही क्रममा आज वकिलहरुले धर्ना दिएका थिए । आजको धर्नामा प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीले हस्तक्षेप गर्दा केही वकिलहरु घाइतेसमेत भएका छन् ।
प्रधानन्यायाधीश जबराले भने आज पनि ९ वटा इजलासमा १ सय ७७ वटा मुद्दाकाे पेसी ताेकेका छन् । न्यायाधीश दीपककुमार कार्की र प्रकाशमान सिंह राउतको इजलासमा २६, मीरा खड्का र तेजबहादुर केसीकोमा २८, हरिकृष्ण कार्की, आनन्दमोहन भट्टराई र सुष्मलता माथेमाकोमा ३४, विश्वम्भरप्रसाद श्रेष्ठ र नहकुल सुवेदीकोमा २६ वटा मुद्दाको पेसी तोकेका हुन् । त्यसैगरी, विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासमा २, वमकुमार श्रेष्ठ र कुमार रेग्मीकोमा २७, प्रकाशकुमार ढुंगाना र कुमार चुडालको इजलासमा २४ र नहकुल सुवेदीको एकल इजलासमा ७ वटा मुद्दाको पेसी तोकेका छन् ।
प्रकाशित समय : २०:१७ बजे



















