global ime bank Long Banner Ad

गृहपृष्ठ कैलालीमा युवक हत्याकाण्ड : खुकुरी प्रहारकर्ता र सहयोगीसहित ८ जना पक्राउ

कैलालीमा युवक हत्याकाण्ड : खुकुरी प्रहारकर्ता र सहयोगीसहित ८ जना पक्राउ

कैलालीमा युवक हत्याकाण्ड : खुकुरी प्रहारकर्ता र सहयोगीसहित ८ जना पक्राउ

कैलालीमा खुकरी प्रहार गरी युवकको हत्या गरेको आरोपमा पक्राउ परेका ८ जनालाई प्रहरीले बिहीबार सार्वजनिक गरेको छ । मंगलबार राति टीकापुर नगरपालिका-१ स्थित सिद्धार्थ होटलनजिक खुकुरी प्रहार गरी लम्कीचुहा नगरपालिकाका-१ का २३ वर्षीय भूपेन्द्र बडुवालको हत्या भएको थियो ।

मुख्य आरोपी लम्कीचुहा नगरपालिका-३ का २० वर्षीय आर्यन देवकोटालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी विश्व अधिकारीले बताए । उनकाअनुसार देवकोटाले नै भूपेन्द्रलाई खुकुरी प्रहार गरेको बताइएको छ । यस्तै २४ वर्षीय महेश रावल, २० वर्षीय धिरज शाही, लम्कीचुहा-१ बस्ने १८ वर्षीय निशान मल्ल, २२ वर्षीय कपिल श्रेष्ठ, टीकापुर नगरपालिका-१ बस्ने २२ वर्षीय प्रविन रिमाल, २६ वर्षीय सोहन शाह र २१ वर्षीय रोहित आले पक्राउ परेका छन् । देवकोटाबाहेक अन्य सात जनालाई हत्याको योजनामा सघाएको आरोप छ । पक्राउ परेका ८ जनालाई नै आज जिल्ला प्रहरी कार्यालयमा ल्याइने एसपी अधिकारीले बताए ।

घटनास्थलबाट सु.प.प्र.०१००८ प ५५६५ नम्बरको कालो रङको स्कुटर र हत्या गर्न प्रयोग भएको खुकुरीसमेत बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हत्यामा संलग्न केही व्यक्तिहरु फरार रहेकाले उनीहरुको खोजी जारी राखिएको छ ।

प्रकाशित समय : १९:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु