global ime bank Long Banner Ad

गृहपृष्ठ बैंक अफ काठमाण्डूका ग्राहकलाई एपोलो पोलिक्लिनिकमा २० प्रतिशतसम्म छुट

बैंक अफ काठमाण्डूका ग्राहकलाई एपोलो पोलिक्लिनिकमा २० प्रतिशतसम्म छुट

बैंक अफ काठमाण्डूका ग्राहकलाई एपोलो पोलिक्लिनिकमा २० प्रतिशतसम्म छुट

बैंक अफ काठमाण्डू लिमिटेड र एपोलो पोलिक्लिनिकबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकलाई २० प्रतिशतसम्म छुट उपलब्ध गराउने सम्झौता भएको छ । यस सम्झौतापश्चात् ग्राहकले एपोलो पोलि क्लिनिकले प्रदान गर्ने प्याथोलिजी सेवामा २० प्रतिशत, डाईग्नोष्टिक सेवाहरुमा १५ प्रतिशतदेखि २० प्रतिशतसम्म तथा फार्मेसी सेवामा १० प्रतिशत छुट पाउनेछन् ।

ग्राहकले उक्त सेवाहरुमा छुट उपयोग गर्नको लागि बैंकको मोबाइल बैंकिङ तथा कार्डहरुको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । एपोलो पोलिक्लिनिकले काठमाडाैं उपत्यकाको मैतिदेवीबाट सेवाग्राहीहरुलाई सेवा तथा सुविधाहरु प्रदान गर्दै आइरहेको छ । बैंक अफ काठमाण्डूले ९१ शाखा कार्यालय, ८१ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई बैंकिङ सुविधा प्रदान गरिरहेकाे छ ।

प्रकाशित समय : १९:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु