global ime bank Long Banner Ad

गृहपृष्ठ रियलमीको फ्लागसिप किलर ‘रियलमी जिटी नियो २’ नेपालमा सार्वजनिक

रियलमीको फ्लागसिप किलर ‘रियलमी जिटी नियो २’ नेपालमा सार्वजनिक

रियलमीको फ्लागसिप किलर ‘रियलमी जिटी नियो २’ नेपालमा सार्वजनिक

रियलमीले बुधबार औपचारिक रुपमा नेपालमा 'रियलमी जिटी नियो २' सार्वजनिक गरेको छ । जसको मूल्य ५४ हजार १९९ रूपैयाँ रहेको कम्पनीले जनाइएको छ । जसमा ८/१२८ जीबी स्टोरेज रहनेछ ।

लोकप्रिय फ्लागसिप किलर रियलमी जिटी लाइनअपमै आधारित यस नियो फ्लागसिप किलर रियलमी जिटी नियो २ धेरै स्मार्टफोन चलाउने प्रयोगकर्ताहरुको लागि बनाइएको कम्पनीले जानकारी दिएको छ । जसमा प्राविधिक नवीनताका साथै सुन्दर डिजाइन देख्न सकिने कम्पनीले उल्लेख गरेको छ । कम्पनीका अनुसार सुरुका ग्राहकहरुले तोकिएको भन्दा ३ हजार  कम मूल्य ५१ हजार १९९ मा यो मोवाइल फोन खरीद गर्न पाउनेछन् । रियलमी जिटी नियो २ लाई क्वालकम स्नापड्रागन 870 5G को मोबाइल प्लाटफर्मले पावर गरेको छ । यसको लम्बाइ १६२.९ mm, चौडाइ ७७५.६ mm र उचाइ ८.६ mm रहेको छ । क्वालकम स्नापड्रागन ले प्रयोगकर्तालाई सन्तुलितप्रदर्शन सँगै स्थिरताको अनुभव प्रदान गर्दछ ।

थर्मल जेलले यस फोनलाई शितल राख्दछ । रियलमीको इतिहासमै पहिलो पटक रियलमी जिटी नियो २ मा ८ तहका तीन आयामको तापक्रम नियन्त्रण गर्ने ४१२९ mm क्षेत्रफलमा बाफलाई चिस्याउने खिया नलाग्ने स्टिलको संरचना रहेको छ । चिस्यान क्षमतालाई विचार गर्दा यसले मूलधारको गेमहरु खेल्न निकै सहयोग गर्नेछ । एप्लिकेसनहरु र गेमहरु छिटो लोड हुन्छ । ५००० एमएएच् ब्याट्रीले फोनको बनावटलार्ई समर्थन गर्दछ जसले गर्दा बिना दबाब ब्याट्रीको लाइफ लम्बाइदिन्छ । यसको ब्याट्रीले 65W सुपरडार्ट चार्जिङलाई सपोर्ट गर्ने हुनाले मात्र ३६ मिनेटमा फोन चार्ज हुन्छ । एक पटकको चार्जमा प्रयोगकर्ताले ३३ घण्टा टकटाइम, ८८ घण्टा संगीत, ८ घण्टा गेम र २५ घण्टा भिडियोको मज्जा लिन सक्नेछन् ।

यसमा रहेको ट्रिपल क्यामेराले स्पष्ट फोटोहरु खिच्छ । रियलमीकोको स्मार्टफोनमा E4 डिस्प्ले रहेको छ । जसले अचम्मित पार्ने उत्कृष्ट डिस्प्ले प्रदान गर्दछ । यसैगरी 500000:1 contrast ratio  ले अधिकतम १३०० नीटसम्मको ब्राइटनेस दिन्छ । नियो जिटीको डिजाइन रियलमी जिटी लाइनअपकै महत्वपूर्ण हाइलाइट हो । यसको नियो ग्रीन रङ प्रविधि र शक्तिको बेजोड संगम हो । नेपालका प्रयोगकर्तालाई अचम्मित पार्न सक्ने नवीन प्रविधि र सुन्दर डिजाइन रियलमी जिटी नियो २ मा पाउन सकिने कम्पनीको दाबी छ ।

रियलमी जीटी नियो २ कार्तिक २५ देखि दराज अनलाइनमा उपलब्ध हुने कम्पनीले जनाइएको छ । इच्छुक ग्राहकले उक्त स्मार्टफोनमा ५१ हजार १९९ को सुरुवाती मूल्यमा अग्रीम बुकिङ गर्न र दराजको ११.११ का सुविधाहरु प्राप्त गर्न सक्नेछन् । यस सुविधाअन्तर्गत कार्तिक २८ देखि भउचर तथा बैँकिङ छुटमा वितरण सुरु हुनेछ। अफलाइन ग्राहकले कार्तिक २७ देखि अग्रिम बुकिङ गर्न सक्नेछन् । रियलमी नियो जिटी २ नियो ब्लाक र नियो ग्रीन गरी २ रङमा उपलब्ध हुने कम्पनीले उल्लेख गरेको छ ।

प्रकाशित समय : १६:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु