global ime bank Long Banner Ad

गृहपृष्ठ सही विवरण दिएर जनगणनामा सहयोग गर्नुस् : प्रधानमन्त्री

सही विवरण दिएर जनगणनामा सहयोग गर्नुस् : प्रधानमन्त्री

सही विवरण दिएर जनगणनामा सहयोग गर्नुस् : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबारदेखि सुरु हुने राष्ट्रिय जनगणना, २०७८ मा गणकहरूलाई सही विवरण उपलब्ध गराएर राष्ट्रको नीति निर्माणका लागि अपरिहार्य सूचना संकलन गर्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सम्पूर्ण देशवासीलाई आग्रह गरेका छन् ।

राष्ट्रिय जनगणनाका अवसरमा उनले देशवासीका नाममा सन्देश जारी गर्दै जनगणनाले व्यक्तिको गणना मात्र नगरी देश विकासको समग्र मार्गचित्र पनि तय गर्ने उल्लेख गरेका छन् । देश विकासका लागि उपयुक्त नीति निर्माण गर्न आवश्यक सूचनाका आधार स्तम्भका रुपमा रहेको राष्ट्रिय जनगणनाअन्तर्गत यही कात्तिक २५ देखि मंसिर ९ गतेसम्म प्रत्येक घर-घरमा जनगणना गर्नका लागि गणक पुग्दैछन् ।

प्रधानमन्त्री देउवाले यस जनगणनामा पहिलोपटक सामुदायिक प्रश्नावलीमार्फत वडा तहसम्म पुगी देशभरका सबै व्यक्तिको र विदेशमा रहेका नेपालीकोसमेत जनसांख्यिक, आर्थिक, सामाजिकलगायत परिवारमा उपलब्ध सेवासुविधासम्बन्धी विवरण संकलन हुने उल्लेख गरेका छन् । यसबाट प्राप्त हुने तथ्यांक केन्द्रदेखि स्थानीय तहसम्मको नीति, योजना तथा कार्यक्रम तर्जुमा गर्न उपयोगी हुनेछन् । 'विगतमा हामी कुन अवस्थामा थियौँ, अहिले कुन अवस्थामा छौँ र भोलिको उज्ज्वल भविष्य निर्माणका लागि के गर्नुपर्दछ भन्ने कुरा थाहा पाउनका लागि पनि जनगणना अपरिहार्य हुन्छ,' उनले सन्देशमा उल्लेख गरेका छन् ।

प्रधानमन्त्री देउवाले जनताले दिएका सम्पूर्ण व्यक्तिगत विवरण तथ्यांक ऐन, २०१५ बमोजिम गोप्य रहने भएकाले आ-आफ्नो घरमा आउने गणकलाई सही विवरण उपलब्ध गराईदिन सम्पूर्ण देशवासीलाई अनुरोध गरेका छन् ।

देश विकासका लागि उपयुक्त नीति निर्माण गर्न आवश्यक सूचनाको आधार स्तम्भको रुपमा रहेको राष्ट्रिय जनगणना, २०७८ आजबाट सुरु हुँदैछ। सही विवरण उपलव्ध गराएर राष्ट्रको नीति निर्माणका लागि अपरिहार्य सूचना संकलन गर्ने कार्यमा सहयोग गर्नुहुन सबैमा अनुरोध गर्दछु । pic.twitter.com/8NE4FRQtcC

— Sher Bahadur Deuba (@SherBDeuba) November 11, 2021

 

प्रकाशित समय : १५:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु