काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सांग्रिला डेभलपमेन्ट बैंक १८औं वर्षमा प्रवेश

13.1K
shares

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले शनिबार आफ्नो १७औं वार्षिकोत्सव मनाई साताव्यापी कार्यक्रमको समापन गरेको छ । बैंकले १७औं वार्षिकोत्सवको अवसर पारेर देशभर साताव्यापी कार्यक्रम सार्वजनिक गरेसँगै शनिबार विभिन्न कार्यक्रम गरी मनाएको हो ।

बैंकको उक्त वार्षिकोत्सव कार्यक्रममा बैंकका सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत तथा अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो । बैंकले शनिबार नै १००औं शाखाको रुपमा सुर्खेतस्थित यारीचोकमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । त्यस्तै बैंकले संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्ने सन्दर्भमा गैर सरकारी संस्था इ-नेवल नेपाललाई कृत्रिम अंग वितरणका लागि बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले २ लाखको चेक हस्तान्तरण गरेका थिए । 

सांग्रिला डेभलमपेन्ट बैंकको प्रांगणमा सम्पन्न १७औं वार्षिकोत्सवको अवसरमा बैंकमा १० वर्ष पूरा गरेका कर्मचारीहरुलाई सम्मान गरी कदरपत्र तथा तक्मा प्रदान गरिएको थियो । बैंकले वार्षिकउत्सवको अवसर पारेर शनिबार नै देशभित्रै एक ठाउँबाट अर्को ठाउँमा सरल र सहज रुपमा रकम स्थानान्तरण गर्ने सुविधाको लागि सांग्रिला रेमिटको नामबाट आन्तरिक विप्रेशण सेवासमेत सञ्चालनमा ल्याएको छ ।