गृहपृष्ठ अफगानिस्तानमा मानवीय सहायताको खाँचो

अफगानिस्तानमा मानवीय सहायताको खाँचो

अफगानिस्तानमा मानवीय सहायताको खाँचो

अफगानिस्तानका नागरिकलाई अहिले नै मानवीय सहायताको खाँचो रहेको औँल्याइएको छ । अफगानिस्तानका विषयमा भएको जि२० को जुम बैठकपछि पत्रकारसँग कुराकानी गर्दै इटालीका प्रधानमन्त्री मारिओ ड्राघीले सो कुरा बताएका हुन् ।

उक्त बैठकपछि उनले भने, 'हामीले अफगानिस्तानको अवस्थालगायत धेरै विषयमा कुराकानी गरेका छौँ, मलाई लाग्छ त्यहाँको अवस्था अहिले नै नाजुक छ, त्यहाँका नागरिकलाई मानवीय सहायताको खाँचो छ । इटालीले अफगानिस्तानको विषयलाई लिएर जि२० का सदस्य राष्ट्रहरुको जुम बैठक आयोजना गरेको थियो । सो बैठकमा जि२० का सबै देशका सरकार तथा राज्य प्रमुखहरु सहभागी थिए ।

अफगानिस्तानमा विद्रोह गरिरहेका तालिबानीहरुले गत महिना त्यहाँको सत्ता हत्याएका थिए । त्यसपछि त्यहाँबाट अमेरिकी सेना फिर्ता भएको छ भने विश्वका देशहरुले पनि अफगानिस्तानमा दिने सहायता रोकेका छन् । यसै कारणले अफगानिस्तानको आर्थिक अवस्था पनि नाजुक बन्दै गएको बताइएको छ । 

प्रकाशित समय : १९:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु