सामसुङद्वारा ए सिरिजअन्तर्गत ग्यालक्सी ए ५२एस फाइभजी सार्वजनिक
वि.सं.२०७८ असोज १५ शुक्रवार १७:२१
shares

सामसुङले हालै आफ्ना ग्राहकसमक्ष नवीनतम प्रविधियुक्त ग्यलक्सी एफाइभ२एस फाइभजी (Galaxy A52s 5G) फोन नेपाली बजारमा प्रस्तुत गरेको छ । Galaxy A52 को विरासतलाई आत्मसाथ गर्दै कम्पनीले थप सुविधाहरु समावेस गरी ग्यलक्सी एफाइभ२एस फाइभजी फोन बजारमा प्रस्तुत गरेको हो ।
यसमा क्वालकम्स स्नापड्रागान्स ७७८ जी प्रोसेसर, OIS को साथ ६४ एम्पी क्वाड क्यामरा, १२० हर्ज रिफ्रेस रेटको साथ sAMOLED डिस्प्ले IP67 जस्ता विशेषताहरु विद्यमान रहेका छन् । यो फोनले ५जी ग्यारेन्टी प्रदान गर्दछ भने #BeFutureReady अर्थात् भविष्यको लागि तयारी रहेका ग्राहकका लागि यो उपयुक्त छनौट हुने कम्पनीले जनाइएको छ । 'आम जनतामाझ नवीनतम प्रविधिको पहुँच पुर्याउने कम्पनीको प्रतिबद्धतालाई आत्मसाथ गर्दै कम्पनीले नेपालमा ग्यलक्सी एफाइभ२एस फाइभजी फोन प्रस्तुत गरेका हो ।
उत्कृष्ट डिस्प्ले
यस फोनमा भएको sAMOLED Infinity-O display को साथ १२० हर्ज रिफ्रेस रेटले वास्तवमै उत्कृष्ट डिस्प्लेको जीवन्तता प्रदान गर्दछ भने मोबाइल सञ्चालन गर्दा यस अघि प्राप्त नभएको सहज स्क्रोलिङको अनुभव पनि प्राप्त गर्न सकिने कम्पनीको दाबी छ । ८०० निस्टस्को ब्राइटनेसको साथ अझै ठूलो ६.५-इन्च एपएचडी प्लस स्क्रीनले प्रयोगकर्तालाई दृश्यावलोकनको जीवन्त अनुभव प्रदान गर्दछ । त्यसै गरी यसमा स्क्रिन टिकाउको लागि गोरिल्ला ग्यास ५ प्रयोग गरिएको छ ।
उत्कृष्ट कार्यक्षमता
Galaxy A52s 5G को साथ AI based Game Booster को साथ Qualcomm Snapdragon 778G processor रहेको छ । यसले गर्दा गेम खेल्दा अझै धेरै चाडो कार्यहरु गर्न सकिन्छ । त्यसै गरी यसमा ४५०० एमएचको ब्याट्री पनि समावेस गरिएको छ । यसमा भएको शक्तिशाली ब्याट्रीले वास्तवमै एक पटक चार्ज गरे पछि २ दिनसम्म चार्ज गर्न पर्दैन । यसमा भएको २५ वाटको फास्ट चार्जिङ सुविधाले केवल ३० मिनेटमा फोनको ५० प्रतिशत ब्याट्री चार्ज हुने गर्दछ ।
उत्कृष्ट क्यामरा
Galaxy A52s 5G मा अप्टिकल इमेज स्टेविलाइजेसनको साथ ६४ मेगा पिक्सलको क्यामरा रहेको छ । जसले हल्लिन गई फोटो धमिलो आउने समस्यालाई कम गर्दछ र उत्कृष्ट फोटो खिच्न सकिन्छ । OIS को सुविधाले कम उज्यालोको अवस्थामा लामो सटर स्पीड कायम गरी उत्कृष्ट फोटो खिच्न सकिन्छ । यसको साथै यसमा12MP ultra-wide camera तथा 5MP macro camera एवं 5MP depth क्यामराहरु विद्यमान रहेका छन् ।
आकर्षक डिजाइन
Galaxy A52s 5G फोन साधारण भएर पनि आकर्षक फोनका रुपमा रहेको छ । यसको म्याट ब्ल्याक हेज फिनिसिङ रहेको छ भने न्यूनतम क्यामरा हाउजिङले रियर क्यामराको उत्कृष्टतालाई बढाइ दिएको पनि छ । यो फोन विभिन्न आकर्षक तिन रंगहहरु ब्ल्याक, मिन्ट् तथा भ्वाइलेटमा उपलब्ध रहेको छ । यो फोनमा क्ष्एटठ पनि रहेको छ, जसले सामान्य धुलो एवं पानीबाट फोनलाई बचाउँदछ ।
मूल्य तथा उपलब्धता
Galaxy A52s 5G फोनको 6GB+128GB भेरियन्टको मूल्य ५३ हजार ९९९ रूपैयाँ तोकिएको छ भने 8GB+128GB भेरियन्टको मूल्य ५५ हजार ९९९ तोकिएको छ । यो फोन नेपाल अधिराज्यभर रहेका सामसुङका ब्राण्ड स्टोर, तथा रिटेल स्टोरहरुबाट खरिद गर्न सकिने छ ।

























