काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

तीन दिनपछि सुनको मूल्य बढ्यो

11.49K
shares

मंगलबारयता लगातार घटिरहेको सुनको मूल्य साताको अन्तिम दिन शुक्रबार बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य मंगलबार ३ सय, बुधबार १ सय रूपैयाँ र बिहीबा २ सय रूपैयाँ घटेको थियो ।

आज सुनको मूल्य तोलामा ९ सय रूपैयाँ बढेर तोलामा ८९ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन तोलामा ८८ हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य तोलामा ८९ हजार १५० रूपैयाँ कायम गरिएको छ ।

त्यस्तै बिहीबार तोलामा ३५ रूपैयाँ घटेको चाँदीको मूल्य शुक्रबार २० रूपैयाँ बढेको महासंघले जनाएको छ । बिहीबार तोलामा १ हजार १२० रूपैयाँमा कारोबार भएको चाँदी आज १ हजार १४० रूपैयाँमा कारोबार भइरहेको हो ।