काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’: डिशहोमको नयाँ जडानसँगै स्पेन घुम्ने अवसर

10.54K
shares

डिशहोमले ग्राहकलाई उत्कृष्ट विभिन्न च्यानलहरुसँगै गुणस्तरीय सेवा उपलब्ध गराउँदै आएको छ । जसअनुसार डिशहोमले ग्राहकलाई विभिन्न योजनामार्फत विभिन्न समयमा छुट तथा विविध अफर प्रदान गर्दै आएको छ ।

अहिले नेपालीको घर आँगनमा चाड पर्वको मौसम छाई सकेको छ । यो रमाइलो पर्वको मौसमा थप खुशीयाली र उत्साह थप्न डिशहोमले 'ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन' योजना सञ्चालन गरेको छ । २०७८ असोज ११ गते देखि लागुहुने यो योजना अन्तर्गत डिशहोमको नयाँ कनेक्सन लिने चार जना भाग्यशाली ग्राहक स्पेन घुम्न जान पाउने छन् । साथमा हरेक नयाँ कनेक्सनमा ग्राहकले २००० को लालिगा सिजन टिकट पनि निःशुल्क प्राप्त गर्नेछन् । स्पेन जाने चार भाग्यशाली विजेताहरुको छनौट लक्की ड्रमार्फत गरिने छ । लक्की ड्रको प्रत्यक्ष प्रशारण रमाईलो टिभी, सरोकार टिभी, रियालिटी टिभी र डिशहोमको अन्य च्यानलहरुमा हुने छ । यो योजना प्रभु टिभी, सिम टिभी, र डिशहोम फाइबरनेटको जडानमा पनि उपलब्ध छ ।

लालिगा सिजन टिकटमार्फत डिशहोम, प्रभु टिभी र सिम टिभीका ग्राहकले स्पेनको घरेलु तथा सबैभन्दा माथिल्लो दर्जाको फुटबल लिगको रुपमा लिइने लालिगा हेर्न सक्नेछन् । यो प्रतियोगिताको नेपालका लागि पे टिभी तथा डिजिटलको विशेष प्रसारणको अधिकार डिशहोमले प्राप्त गरेको छ । हाल डिशहोममा खेल च्यानलको रुपमा एक्सन स्पोर्टस एचडी १ र एक्सन स्पोर्टस एचडी २ प्रसारण भई रहेकोमा लालिगाको खेलहरु भने एक्सन स्पोर्टस एचडी २ मा मात्र प्रसारण भईरहेको छ । डिशहोमको यस योजनाले ग्राहकलाई स्पेनमा गई प्रत्यक्ष स्टेडियममा लालिगाको खेल हेर्ने मौका प्रदान गरेको छ ।

यो योजना नेपालभर सीमित अवधिको लागि लागू हुनेछ ।