राष्ट्रिय वाणिज्य बैंकको ‘पोइन्ट अफ सेल’ कारोबारमा क्यास ब्याक अफर
वि.सं.२०७८ असोज १३ बुधवार १५:५०
shares

राष्ट्रिय वाणिज्य बैक लिमिटेडले आउँदो दशै, तिहार, नेपाल सम्वत् एवं छठलगायतको पर्वलाई मध्यनजर गर्दै विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न पोइन्ट अफ सेल (POS) को माध्यमवाट प्रति कारोबार १ हजार वा सो भन्दा बढीको कार्ड स्वीप गर्दा क्यास ब्याक हुने अफर ल्याएको छ ।
यो योजना आगामी २०७८ असोज २१ गते देखि २०७८ कार्तिक २४ गतेसम्म लागू हुने बैंकले जनाइएको छ । देशभर विभिन्न व्यवसायहरुमा रहेको POS को माध्यमबाट राष्ट्रिय वाणिज्य बैंकको कार्डबाट रा.वा.बैंककैकार्ड स्वीप गरी रकम भुक्तानी गर्दा कारोबारमा क्यास ब्याक हुने छ । यसअन्तर्गत ३ देखी ५ पटकको कार्माड स्वीपमा ५ प्रतिशत अधिकतम क्यास ब्याक वा ५०० रूपैयाँ, ६ देखी १० पटकको कार्ड स्वीपमा मा १० प्रतिशत अधिकतम क्यास ब्याक वा र ७५० रूपैयाँ, ११ देखी १५ पटकको कार्ड स्वीपमा १५ प्रतिशत अधिकतम क्यास ब्याक वा १ हजारमध्ये जुन कम हुन्छ सो वराबरको रकम क्यास ब्याक हुने बैंकले जानकारी दिएको छ ।
बैंकको हाल सातै प्रदेश ७७ जिल्लामा २४८ वटा शाखा कार्यालय, २१६ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ सञ्चालनमा रहेका छन् ।

























