यी हुन् मन्त्रिपरिषद् बैठकका ५ निर्णय
वि.सं.२०७८ असोज ६ बुधवार ०१:१९
shares

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पाँचवटा निर्णय गरेको छ । राजनीतिक नियुक्तिका सबै राजदूतलाई फिर्ता बोलाउने, कोभिड- १९ संकट व्यवस्थापन विधेयकलाई संसदमा लैजान स्वीकृति प्रदान गर्ने लगायतका निर्णयहरू बैठकबाट भएकाे सरकारका प्रवक्ता एवं कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।
उनका अनुसार कोभिड- १९ व्यवस्थापन आदेश २०७८ पनि बैठकले स्वीकृत गरेको छ । बैठकले कर्णाली करिडोर अन्तर्गत करिब साढे १८ किलोमिटर ट्रयाकको काम सुरु गर्न नेपाली सेनालाई स्वीकृति प्रदान गरेको छ ।
मन्त्रिपरिषद्का निर्णयहरू :
१. राजनीतिक नियुक्तिका सबै राजदूतहरू फिर्ता बोलाउने ।
२. कर्णाली करिडोरअन्तर्गत सलिसल्ला, सिमिकोट खण्डको बुल्दिकुनादेखि लालीबगरसम्म सडकखण्डको सात किलोमिटर र लैखुबद्री गाउँदेखि हुकाखोलासम्म १३ दशमलब ५ किलोमिटर सडक निर्माणको ट्र्याक निर्माणण कार्य नेपाली सेनालाई थाल्न स्वीकृति प्रदान गर्ने ।
३. कोभिड- १९ संकट व्यवस्थापन गर्न बनेको विधेयक संसदमा पेश गर्न स्वीकृत प्रदान । औषधि ऐन २०३५ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृति प्रदान गर्न ।
४. कोभिड- १९ व्यवस्थापन आदेश २०७८ स्वीकृत गर्ने ।
५. संयुक्त राष्ट्रसंघको ७६औँ महासभामा भाग लिन जाने प्रतिनिधिमण्डल गठन ।

























