ओली सरकारले नियुक्त गरेका सबै राजदूत फिर्ता बोलाउने निर्णय
वि.सं.२०७८ असोज ६ बुधवार ००:२५
shares

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारको पालामा राजनीतिक रुपमा नियुक्त भएका सबै राजदूतहरुलाई फिर्ता बोलाइने भएकाे छ । मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक रुपमा नियुक्त भएका सबै राजदूतहरु फिर्ता बोलाउने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता तथा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राजनीतिक रुपमा राजदूत बनेका सबैलाई फिर्ता बोलाउने निर्णय भएको जानकारी दिए । ‘राजनीतिक नियुक्ति पाएका राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय भएको छ,’ उनले भने । सरकारको याे निर्णयसँगै भारतमा निलाम्बर आचार्य, चीनमा महेन्द्रबहादुर पाण्डे, अमेरिकामा डा. युवराज खतिवडा, बेलायतमा लोकदर्शन रेग्मीलगायत राजदूतहरु फिर्ता हुनेछन् ।

























