ई-सेवा मनि ट्रान्सफरको ‘चाड पर्वको बहार, दिनदिनै उपहार’ योजना सार्वजनिक
वि.सं.२०७८ असोज ५ मंगलवार २१:२५
shares

ई-सेवा मनि ट्रान्सफरले नेपालीहरूको महान चाड दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘चाड पर्वको बहार, दिनदिनै उपहार’ योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत ई-सेवा मनि ट्रान्स्फरमार्फत रेमिट्यान्स पठाउने व्यक्तिहरूमध्येबाट एक जना भाग्यशाली विजेताले हरेक दिन मिक्सर, हरेक हप्ता रेफ्रिजेरेटर, हरेक महिना स्मार्ट टीभी तथा बम्पर उपहारमा एक जनाले होण्डाको डियो स्कुटी जित्न सकिने कम्पनीले जनाइएको छ ।
यस योजनामा सहभागी हुन विश्वभर रहेका २ सय भन्दा बढि मुलुकबाट ई-सेवा मनि ट्रान्स्फरमार्फत रेमिट्यान्स् पठाउनुपर्नेछ । यस्तै ई-सेवा मनिका नेपालभर रहेका ८ हजार बढी एजेन्ट नेटवर्कमार्फत आन्तरिक रूपमा विप्रेषण पठाएमा पनि यस योजनामा सहभागी हुन सकिने कम्पनीले उल्लेख गरेको छ । यस योजनामा ६० जनाले मिक्सर, ८ जनाले रेफ्रिजेरेटर, २ जनाले स्मार्ट टीभी र एक जना भाग्यशाली विजेताले बम्पर उपहारमा होण्डाको डियो स्कुटी जित्न सकिनेछ । यो योजना असोज २ गतेदेखि मंसिर २ गतेसम्म सञ्चालन हुनेछ ।
ई-सेवा मनि ट्रान्सफरले डिजिटल तथा परम्परागत शैलीको माध्यमबाट ई-सेवा वालेट तथा ६५ भन्दा बढी बैंक खातामा विप्रेशन रकम भित्र्याउँदै आएको छ । ई-सेवा मनि ट्रानसफरले आफ्ना सेवाग्राहीहरुलाई ८००० भन्दा बढी एजेन्ट सञ्जालमार्फत पनि विप्रेसन भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ । सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त ई-सेवा मनि ट्रान्सफर, देशभरका एक करोड दश लाखभन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरुलाई फिनटेकमा आधारित भक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रपको भगिनी कम्पनी पनि हो ।

























