काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

आइसिटी अवार्ड २०२१ को छनौट प्रक्रिया सुरु, ११ विधामा ३५० बढीको नोमिनेशन

19.82K
shares

आइसिटी अवार्ड २०२१ को छनौट प्रक्रिया सुरु भएको छ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा स्थापित आइसिटी अवार्डको छैटौं संस्करणको लागि विभिन्न ११ विधामा भदौ १५ गतेसम्म अनलाइन नोमिनेशन खुला गरिएको थियो ।

प्राप्त नोमिनेशनहरूबाट सर्वोत्कृष्ट छनौट गर्नको लागि शुक्रबारदेखि प्रक्रिया अघि बढाइएको छ । आधिकारिक वेबसाइट http://ictaward.org मार्फत आह्वान गरिएको अनलाइन नोमिनेशनमा ३५० बढीको आवेदन प्राप्त भएको आयोजक लिभिङ विथ आइसिटीले जनाएको छ । यस वर्ष छनौट प्रक्रियाको लागि सूचना प्रविधि क्षेत्रका १२ जना विज्ञ व्यक्तिहरूको जुरी समिति गठन गरिएको छ ।यसैगरी राष्ट्रिय योजना आयोकका सदस्य डा. रामकुमार फुयाल, नाष्टका उपकुलपति डा. सुनिलबाबु श्रेष्ठ, पूर्वमन्त्री गणेश शाह, प्रा.डा. सुवर्ण शाक्य, काठमाडौं विश्वविद्यालयका डिन प्रा.डा. मनिष पोखरेल, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिल दत्तलगायत १५ जनाको विशिष्ट जुरी सल्लाहकार समिति रहेको छ । यस वर्ष आइसिटी अवार्ड २०२१ को लागि राइजिङ स्टारदेखि डिजिटल गभर्नेन्स अवार्डसम्म प्रविधिका विभिन्न पक्ष र क्षेत्रलाई समेटेर ११ विधामा नोमिनेशन आह्वान गरिएको थियो । अवार्डमा स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड गरी ३ विधाहरू स्टार्टअप तथा प्रोजेक्टलाई अवार्ड गरिने विधा रहेका छन् । व्यक्तिलाई प्रदान गरिने अवार्डमा पायोनियर आइसिटी अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्ड, आन्टरप्रेनर आइसिटी अवार्ड र वुमन आइकन आइसिटी अवार्ड छन् ।

यसैगरी सरकारी तथा निजी संस्थालाई प्रदान गरिने अवार्डहरूमा डिजिटल एजुकेशन आइसिटी अवार्ड (पब्लिक सेक्टर), डिजिटल एजुकेशन आइसिटी अवार्ड (प्राइभेट सेक्टर), डिजिटल गभर्नेन्स आइसिटी अवार्ड (पब्लिक सेक्टर) र डिजिटल सर्भिसेस आइसिटी अवार्ड (प्राइवेट सेक्टर) रहेका छन् । अनलाइनमार्फत प्राप्त नोमिनेशनमा राइजिङ स्टार इन्नोभेसनमा सबैभन्दा धेरै ६० बढीको नोमिनेशन प्राप्त भएको छ । यसैगरी स्टार्टअप आइसिटी अवार्ड र प्रडक्ट आइसिटी अवार्ड ४० भन्दा बढी नोमिनेशन प्राप्त भएको आयोजकले जनाएको छ । आइसिटी अवार्ड एकदमै पारदर्शी र निष्पक्ष रूपमा आयोजना हुने अवार्ड भएको हुँदा यसले प्रविधिको क्षेत्रमा महत्वपूर्ण योगदान दिइरहेको त्रिविका प्रा.डा शुवर्ण शाक्य बताउँछन् । अवार्डले नयाँ आइडिया र इन्नोभेसनमा काम गरिरहेकालाई अगाडि बढ्न प्रोत्साहन गर्ने हुँदा अवार्डको महत्व र आवश्यकता अझ बढिरहेको नाष्टका उपकुलपति सुनिलबाबु श्रेष्ठले शुक्रबार आयोजित छनौट समितिको बैठकमा धारणा राखेका थिए ।

आइसिटी अवार्ड २०२१ मा विभिन्न ५ चरणमा छनौट प्रक्रिया अगाडि बढाइनेछ । स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार इन्नोभेसन विधामा उत्कृष्ट १० लाई समेटेर दुईदिने प्रदर्शनीसमेत आयोजना गरिने आयोजकले जानकारी दिएको छ । उत्कृष्ट ५ मा पर्ने स्टार्टअप, डिजिटल गभर्नेन्स र डिजिटल एजुकेशनका प्रतिस्पर्धीमा सर्वोत्कृष्ट छनौटको लागि फिल्ड भिजिटसमेत सञ्चालन हुनेछ । अन्य छनौट प्रक्रियाहरू भर्चुअल माध्यमबाटसमेत सञ्चालन हुनेछन् । अवार्डको फाइनल अर्थात ग्राण्ड फिनाले कार्यक्रम डिसेम्बर १७ मा द सोल्टी होटलमा आयोजना हुने लिभिङ विथ आइसिटीले जानकारी दिएको छ । सन् २०१६ देखि सुरु भएको आइसिटी अवार्डमा विभिन्न विधामा गरेर अहिलेसम्म ५० भन्दा बढी व्यक्ति, संस्था, कम्पनी तथा प्रडक्टहरू सम्मानित भइसकेका छन् । गतवर्ष कोभिड-१९ को महामारीको बीचमा पनि आइसिटी अवार्ड भव्यरूपमा सञ्चालन भएको थियो ।

यस वर्ष अवार्ड विजेताले विशिष्ट सम्मानसँगै राष्ट्रिय वाणिज्य बैंकबाट १५ लाखसम्म विनाधितो सहुलियत ऋण सुविधा, स्टार्टअप र आइडियामा लगानीको अवसर र अन्य महत्वपूर्ण सेवा तथा सुविधा प्राप्त गर्नेछन् । यस वर्ष आइसिटी अवार्डको कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, राष्ट्रिय सूचना प्रविधि केन्द्र, नेपाल दूरसञ्चार प्राधिकरण, नाष्ट, जेनस सोलुसन, फोन पे, नेपाल टेलिकम, राष्ट्रिय वाणिज्य बैंकलगायतको सहकार्य तथा सहयोग रहेको छ ।