काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मेक्सिकोमा शक्तिशाली भूकम्प

14.01K
shares

मेक्सिकोको प्यासिफिक रिसोर्ट सहर अकापुल्कोनजिकै मंगलबार ७.१ म्याग्निच्युडको भूकम्प गएको छ । हालसम्म प्राप्त समाचारअनुसार यस भूकम्पको कारण कम्तीमा एक व्यक्तिको मृत्यु भएको छ ।

कोयुका डे बेनिटेज सहरनजिकैको एक पोल ढलेर एक जनाको मृत्यु भएको गुएरेरो राज्यका गभर्नर हेक्टर अस्टुडिलो बताउछन् । भूकम्प गएको अवस्थामा राजधानीबाट सयौँ किलोमिटर टाढा रहेका भवन हल्लाएको बताइएको छ । भूकम्पको केन्द्र गुएरेरो राज्यको एकापुल्कोबाट ११ किलोमिटर दक्षिणपूर्वमा रहेको त्यहाँ राष्ट्रिय भूकम्प विभागले जनाएको छ ।

मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरले एक भिडियो सन्देशमार्फत त्यहाँ धेरै विनाशको कुनै समाचार नभएको बताएका छन् । केन्द्रबिन्दु नै भएको गुएरेरो राज्यको एकापुल्को सहरका भाग्यवस धनजनको खासै क्षति नभएको पनि ओब्राडोरले बताए । कम्तीमा ४ म्याग्निच्युड वा सोभन्दा माथिका दर्जनौं पराकम्पन कारण पर्यटक होटेलबाट निस्किएका छन् ।