काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

ओपोह्याक २०२१ : ६ विजेता टेक स्टार्टअप्स घोषणा

14.64K
shares

ओपोले भर्खरै सम्पन्न ओपोह्याक २०२१ ईभेन्टका विजेताहरुको घोषणा गरेको छ । तिनमा, स्टेफन स्मिथ (यूनिभर्सिटी अफ वाटरलूका एसोसिएट प्रोफेसर), मार्को डोनाडियो (रेड थ्रेड भन्चर्सका निर्देशक), भिभियान च्यान (नेक्स्टटेक एआर सोल्यूशन्सका डिजिटल सेल्स, ग्लोबल हेड), होंगयू सन (ओपो सियाटल रिसर्च सेन्टरका वरिष्ठ निर्देशक) र यी शु (ओपो यूएस रिसर्च सेन्टरका एसोसिएट डिरेक्टर)का ५ अन्तरदृष्टीय कार्यशालाहरु पनि सम्मिलित थिए ।

जुन महिनामा आरम्भ गरिएदेखि नै कार्यक्रम विश्वभरका उद्यमी तथा प्राविधिप्रेमीहरु माझ निकै रुचाइएको थियो । ईभेन्टमा सहभागिताका लागि चीन, हंगकंग, यूनाइटेड स्टेट्स, क्यानेडा, सिंगापुर, ब्राजिल, यूनाइटेड किंगदम, भारतलगायत अन्य २० देश तथा क्षेत्रबाट परियोजना प्राप्त भएको जानकारी दिइएको छ । ५०० भन्दा बढी व्यक्ति तथा टोलीहरु ६० भन्दा बढी योग्य परियोजनाका साथमा प्रारम्भिक चरणमा प्रवेशका लागि साइनअप गरेका थिए । तीमध्ये उत्कृष्ट ११ परियोजना फाइनलका लागि छनोट गरिएको थियो । यसलाई ईन्टरनेटमार्फत लाइभ स्ट्रिमपनि गरिएको थियो ।

ओपोह्याक फाइनल ईभेन्ट सप्ताहन्त लाइभ स्ट्रिमिङ

प्रतियोगीहरुलाई सिडिङ ग्रुप र ग्रोईंग ग्रुपका रुपमा तिनका कम्पनीको स्थितिअनुसार विभाजन गरिएको थियो । दूई प्रतिस्पर्धी समूहमेध्यबाट जम्मा ६ स्टार्टअप समूहलाई सम्मानित गरिएको थियो । ओपोह्याक, नयाँ प्राविधिक उद्यमीहरुका लागि तिनको आवश्यकताअनुसार संसाधन तथा सञ्जाल विस्तारमा सघाउँदै अन्तर्राष्ट्रिय सहयोगी समूह तथा अनुसन्धान संस्थाहरुसंग सम्बन्ध निर्माणका लागि सघाउने सोचका साथ अघि सारिएको ओपोको एक प्रारम्भिक पहल हो ।

‘आई क्रिएट डियरफोर आई एम ।’ नाराले प्रस्ट्याए झैँ, ओपोह्याक २०२१को मूल उद्देश्य प्राविधिक उद्यमी तथा लगानीकर्ता दुवैका लागि खुला प्ल्याटफर्म उपलब्ध गराउँदै, आशाजनक स्टार्टअपमा लगानी गरी अत्याधुनिक प्रविधि तथा नवप्रवर्तनलाई बढावा दिनुका साथै, ओपोको ग्लोबल प्राविधिक पर्यावरन प्रणालीलाई अझ समृद्ध बनाउनु पनि हो ।