global ime bank Long Banner Ad

गृहपृष्ठ सामसुङका कन्भर्टिबल ५ इन १ इन्भर्टर एसी नेपाली बजारमा

सामसुङका कन्भर्टिबल ५ इन १ इन्भर्टर एसी नेपाली बजारमा

सामसुङका कन्भर्टिबल ५ इन १ इन्भर्टर एसी नेपाली बजारमा

सामसुङले हालै आफ्नो २०२१ रेन्जअन्तर्गत कन्भर्टिबल ५ इन १ एयर कन्डिसनर सार्वजनिक गरेको छ । कन्भर्टिबल ५ इन १ मा इन्भर्टर एसीको साथ यान्टी डस्ट तथा ब्याक्टेरियल प्रोटेक्टरको डिजिटल इन्भर्टर प्रविधिको प्रयोग गरिएको कम्पनीले जनाइएको छ ।

नयाँ रेन्जको एयर कन्डिसनरले स्वच्छ हावा, कम विजुली खपत, सहज एवं कस्टमाइज कुलिङ तथा हिटिङजस्ता मोडहरुले सम्पूर्ण परिवारका आवश्यकताहरुलाई सहजै परिपूर्ति गर्ने कम्पनीले दाबी गरेको छ । नयाँ रेन्जको यो एसीमा सामसुङले डिजिटल इन्भर्टर कम्प्रेसरमा १० वर्ष तथा कपर कन्डेन्सर एवं पीसीबीमा १ वर्षको डुराबीलीटीको प्रतिबद्धता प्रदान गरेको छ । सबै मोडेल्स R३२ ग्यास तथा एयान्टी कोरोसन कपर कन्डेन्सर भएका छन् । कन्भर्टिबल ५ इन १, इन्भर्टर एसीमा इजी फिल्टर प्लसबाहिर माथि पट्टी राखिएको छ । जसले गर्दा सहजै फिल्टर झिकेर सफा गर्न सकिन्छ । यसमा भएको ४ वे कुलिङ टेक्नोलोजीले कोठाका हरेक कुनासम्म उत्तिकै चिसो बनाउन सक्छ ।

यसमा भएका ५ विभिन्न मोडलहरुले ४०५ देखि १२० ५ सम्ममा कोठाको वातावरण अनुकूल कस्टमाइज्ड अपरेशन गर्न सकिने छ । यसमा भएका पार्टी मोड (१२०प्रतिशत), नोर्मल मोड (१०० प्रतिशत), प्लेजान्ट मोड (८० प्रतिशत), इको मोड (६०प्रतिशत), होम अलोन मोड (४०प्रतिशत) जस्ता विकल्पहरुले विना झन्झट कोठा अनुकुल कम्फर्टेबल वातावरण बनाउन सक्दछ र कम बिजुली खपत गर्दछ । अेतराइज सिरिज स्पोर्ट प्रिमियम ह्वाइट डिजाइनमा छ । यसमा अझै ठूलो फ्यान तथा वाइड ब्लेडको प्रयोग गरिएको छ, जसले गर्दा अझै चाडै कुलिङ हुन सक्छ । यसमा भएका अन्य विशेषताहरुमा स्मार्ट इन्स्टलेसन हो । सेल्फ डाइग्नोसिस फिचर, ट्रिपल प्रोटेक्टर प्लस, तथा भोल्टेज फ्लकटुएसन प्रोटेक्टरजस्ता सुविधाहरु पनि विद्यमान रहेका छन् ।

मूल्य तथा उपलब्धता

सामसुङका एसीहरु १ टन तथा २ टन गरी दुई किसिमका रहेका छन् । यी नयाँ एसीहरुको सुरुवाती मूल्य ८९ हजार ९९० रूपैयाँ देखि रहेको कम्पनीले जानकारी गराइएको छ । यी एसीहरु हिम इलेक्ट्रोनिक्स तथा त्रिवेणी व्यापारको आधिकारिक व्यापारिक वितरक नेटवर्कमार्फत सहजै खरिद गर्न सकिने पनि कम्पनीले बताइएको छ । सामसुङले यी एसीहरुको खरिदमा विभिन्न आकर्षक योजनाहरु जस्तै सहज किस्तावन्दीको विकल्पमा नेपाल अधिराज्यभर रहेका सामसुङ स्मार्ट प्लाजाहरुबाट खरिद गर्न सकिने कम्पनीले जनाइएको छ । 
 

प्रकाशित समय : १८:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु