गृहपृष्ठ अवैध रुपमा ल्याएको विभिन्न कपडासहित पक्राउ
अवैध रुपमा ल्याएको विभिन्न कपडासहित पक्राउ
सुस्ता गाउँपालिका-१ बरुवाचोकस्थित सडकबाट लु.१ ह १२२४ नम्बरको अटोरिक्सामा अवैध रुपमा ल्याउँदै गरेको कपडासहित एक जना पक्राउ परेका छन् । सोमबार करिब ५ लाख ८३ हजार ५ सय रुपैयाँ बराबरको कपडासहित अटोरिक्साका चालक बर्दघाट नगरपालिका-४ बस्ने ४१ वर्षीय ईन्द्र बहादुर थापा पक्राउ परेका हुन् ।
ईलाका प्रहरी कार्यालय बेलाटारी र ईलाका प्रहरी कार्यालय सेमरीबाट खटिएको प्रहरीले अटोरिक्सा जाँच गर्दा उक्त मूल्य बराबरको टिसर्ट र २१ मिटर थान कपडा फेला पारी अटोरिक्सासहित थापालाई पक्राउ गरेको हो । उनलाई बरामद कपडा तथा अटोरिक्सासहित आवश्यक कारबाहीको लागि भन्सार कार्यालय महेशपुर नवलपरासी पश्चिममा पठाइएको छ ।
प्रकाशित समय : १८:१२ बजे



















