global ime bank Long Banner Ad

गृहपृष्ठ मुक्त हलियालाई आत्मनिर्भर बनाउन अगाडि बढ्छौं : मुख्यमन्त्री भट्ट

मुक्त हलियालाई आत्मनिर्भर बनाउन अगाडि बढ्छौं : मुख्यमन्त्री भट्ट

मुक्त हलियालाई आत्मनिर्भर बनाउन अगाडि बढ्छौं : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मुक्त हलियालाई आत्मनिर्भर बनाउनका लागि योजनाबद्धरूपमा कार्यक्रम अगाडि बढाइने बताएका छन् । सोमबार पुर्नवास नगरपालिका–९ सीताबस्तीमा १३औं हलिया मुक्ति दिवसका अवसरमा उनले मुक्त हलिया परिवारलाई आयआर्जनसँग जोडेर स्वरोजगार बनाइने बताए ।

प्रदेश सरकारले समाजमा पछाडि परेका वर्गहरुको उत्थानलाई लक्ष्य गरी ल्याउन लागेको कानून निर्माणको काम अन्तिम चरणमा पुगेको बताए । पुनःस्थापन, छुट मुक्त हलियाको अभिलेखीकरण, वृत्तिविकास, सहुलियत ऋण प्रदान गर्नेलगायतका काम छिट्टै अगाडि बढाइने उनले बताए ।

'मानव जाति रहँदासम्म संघर्ष जारी रहन्छ,' उनले भन, 'सामाजभित्रको गलत चिन्तन परिवर्तन नहुँदासम्म कानुनमात्रै बनाए पुग्दैन ।' यसका लागि साझा संघर्षको उठान गर्नु जरुरी रहेको उनले बताए । स्वरोजगार कार्यक्रममा केही गर्नुपर्छ भन्ने भावना भएका युवालाई सहभागी गराउनुपर्नेमा जोड दिँदै उनले युवालाई स्वरोजगार बनाई नमूनाका काममा संलग्न गराइने बताए ।

राजनीतिक परिवर्तनसँगै जनताले विकासको अनुभूति गर्न पाएको धारणा अघि सार्दै उनले स-साना योजनाका लागि पनि पहिला देशकै राजधानीको मुख ताक्नुपर्ने अवस्थाको अन्त्य भएको बताए । सुदूरपश्चिम सरकार गरिब जनताको सरकार भएकाले कमजोर वर्गका लागि काम गर्दै आएको उनको भनाइ थियो । राजनीतिक उपलब्धिलाई बचाइराख्नका लागि एकताबद्ध भएर सबैले अगाडि बढ्नुपर्ने उनले बताए । सीमा क्षेत्रमा बसोबास गर्ने जनताले जंगली जनावरबाट समस्या झेल्दै आएकाले त्यसको निदानका लागि ‘फेन्सिङ’ लगाउनका लागि बजेटको यथोचित व्यवस्था गरिने उनले बताए । (रासस)

प्रकाशित समय : १३:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु