global ime bank Long Banner Ad

गृहपृष्ठ मन्त्री मेहता र राजदूत योङबीच भेट :कोरियामा रहेका नेपालीको स्वास्थ्यमा ध्यान दिन आग्रह

मन्त्री मेहता र राजदूत योङबीच भेट :कोरियामा रहेका नेपालीको स्वास्थ्यमा ध्यान दिन आग्रह

मन्त्री मेहता र राजदूत योङबीच भेट :कोरियामा रहेका नेपालीको स्वास्थ्यमा ध्यान दिन आग्रह

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत महामहिम पार्क ताय योङबीच शिष्टाचार भेटघाट भएको छ।

मंगलबार मन्त्रालयमा भएको उक्त भेटघाटका क्रममा नेपाल र गणतन्त्र कोरियाबीचको मैत्रीपूर्ण सम्बन्ध तथा स्वास्थ्य क्षेत्रको द्विपक्षीय सहकार्यका विविध विषयमा छलफल भएको थियो।

विशेषगरी स्वास्थ्य बिमा कार्यक्रम, स्वास्थ्य जनशक्तिको क्षमता विकास, स्वास्थ्य पूर्वाधार सुदृढीकरण, गुणस्तरीय स्वास्थ्य सेवा विस्तार, स्वास्थ्य पर्यटन प्रवद्र्धन तथा जडीबुटी एवं औषधि उत्पादनका क्षेत्रमा सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा विचार आदानप्रदान भएको थियो।

यस अवसरमा मन्त्री मेहताले कोरियामा कार्यरत नेपाली कामदारहरूको स्वास्थ्य सुरक्षा र स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न विशेष ध्यान दिन आग्रह गरिन् ।

जवाफमा महामहिमा राजदूतज्यूले नेपाल सरकारका प्राथमिकताका क्षेत्रमा गणतन्त्र कोरिया सरकार निरन्तर सहयोग गर्न प्रतिबद्ध रहेको बताउँदै आगामी दिनमा दुई देशबीचको सहकार्य अझ सुदृढ र परिणाममुखी बन्ने विश्वास व्यक्त गरे ।

प्रकाशित समय : १५:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु