global ime bank Long Banner Ad

गृहपृष्ठ करार नियुक्तिको माग गर्दै शिक्षकहरु चार हप्तादेखि आन्दोलित 

करार नियुक्तिको माग गर्दै शिक्षकहरु चार हप्तादेखि आन्दोलित 

करार नियुक्तिको माग गर्दै शिक्षकहरु चार हप्तादेखि आन्दोलित 

राजर्षी जनक विश्वविद्यालयमा करार सम्झौताको माग गर्दै शिक्षकहरु झन्डै एक महिनादेखि आन्दोलित छन् । विश्वविद्यालयले औपचारिक रुपमा पठनपाठन सुरु गरेदेखि पेपर कोर्ष कन्ट्रयाक्टको रुपमा पढाउँदै आएका शिक्षकहरुले आन्दोलनमा उत्रदै आएका हुन् ।

कोर्ष कन्ट्रयाक्टको नियुक्ति पाएका ३५ जना शिक्षकहरुले पेपर कोर्ष कन्ट्रयाक्ट संघ गठन गरेका छन् । संघले शिक्षकहरुलाई करारको नियुक्ति दिनुपर्ने माग राख्दै भदौ ८ गतेदेखि पठनपाठन नै अवरुद्ध गरि विश्वविद्यालयको मुलगेटमै धर्नामा बसेका छन् । शिक्षकहरु दैनिक विश्वविद्यालयको मुलगेटमा बिहान ११ बजेदेखि २ बजेसम्म धर्ना दिदै आएको पेपर कोर्ष कन्ट्रयाक्ट संघका अध्यक्ष दिलिप यादवले बताए ।

विश्वविद्यालयले आफूहरुलाई करार सम्झौता दिने आश्वासन दिए पनि विश्वविद्यालयमा रहेका २६ दरवन्दीमा कुनै प्रक्रिया अगाडि नबढाएपछि शिक्षकहरु आन्दोलित भएका हुन् । यता, विश्वविश्वालयका भीसी डा. भरत झाले पेपर कोर्ष कन्ट्रयाक्टमै शिक्षकहरुलाई पढाउनुपर्ने बताए । उनले भने, विश्वविद्यालयमा करार सम्झौता गर्ने ऐन र नियमावलीमा उल्लेख छैन ।’

विश्वविद्यालयमा खाली २६ दरबन्दीमा चाँडै लोकसेवा आयोगको माध्यमबाट पदपूर्ति व्यवस्थापन गरिने भिसी डा. झाले बताए । तर, पेपर कोर्ष कन्ट्रयाक्टरको रुपमा पढाउने शिक्षक अशोक साहले आफूहरुमाथि विश्वविद्यालयले अन्याय गर्दै आएको दाबी गरे । उनले भने, ‘हामीले स्थापना कालदेखि नै पढाउँदै आएका छौं तर, करार गर्ने विश्वविद्यालयको आफ्नो अधिकार रहेको भए पनि करार सम्झौता गरेको छैन ।’

शिक्षक साहले आफूहरुको एक शुत्रीय माग विश्वविद्यालय प्रशासनले पूरा नगरे आफूहरु आमरण अनसनमा बस्ने बताए । आमरण अनसनमा बस्दा हुने सम्भावित क्षतिको जिम्मा विश्वविद्यालय प्रशासनले लिनुपर्ने बताए । 

प्रकाशित समय : १३:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु