global ime bank Long Banner Ad

गृहपृष्ठ डडेल्धुरामा सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

डडेल्धुरामा सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

डडेल्धुरामा सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता डडेल्धुरामा आजदेखि सुरु भएको छ । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा राष्ट्रपति रनिङ शिल्डको १६ औँ संस्करण आज बिहानदेखि सुरु भएको हो ।

छ खेल सहभागी प्रतियोगितामा नौवटै जिल्लाका करिब ९०० खेलाडी सहभागी छन् । विगतमा कञ्चनपुर र कैलालीमा मात्रै प्रदेशस्तरको रनिङ शिल्ड आयोजना हुँदै आएकामा पहिलोपटक डडेल्धुरामा प्रतियोगिता आयोजना भएको हो ।

सहभागी खेलाडी तथा अन्य व्यवस्थापन प्रदेश खेलकुद परिषद्ले गरेको छ । प्रतियोगिताअन्तर्गत पुरुष तथा महिला भलिबल, पुरुष तथा महिला कबड्डी, उसु, कराते, तेक्वान्दो र एथ्लेटिक्स खेलमा प्रतिस्पर्धा हुँदैछ ।

शनिबारसम्म जारी रहने प्रतियोगिताको आज सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री मेघराज खड्काले शुभारम्भ गरे ।

प्रकाशित समय : १०:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु