एनसेलको ‘डेटा सधैं अन’ नयाँ अभियान सुरु
वि.सं.२०७८ भदौ २१ सोमवार २२:१०
shares

एनसेल आजियाटा लिमिटेडले आफ्नो फोरजी सेवाको विस्तारलाई केन्द्रित गर्दै सोमबार नयाँ अभियान ‘डेटा सधैं अन’ सुरु गरेको घोषणा गरेको छ । यस अभियानले मोबाइल ब्रोडब्याण्ड सेवाबाट पाउन सकिने अवसरहरुबाट लाभ लिनका लागि एनसेल फोरजी नेटवर्कका साथ सधैं कनेक्टेड र अन रहन प्रोत्साहन गर्ने कम्पनीले जनाइएको छ ।
एनसेलले आफ्ना ग्राहकलाई उच्च गतिको मोबाइल ब्रोडब्याण्ड सेवामा पहुँच पुर्याउदै देशको दुई तिहाई भन्दा बढि जनसंख्यामा फोरजी सेवाको विस्तार गरिसकेको छ । कोभिड-१९ को महामारीले निम्ताएको विषम परिस्थितिकाबीच पनि एनसेलले फोरजी ब्रोडब्याण्ड सेवालाई देशको ५५० भन्दा बढी स्थानीय तहसम्म विस्तार गरिसकेको छ । बाँकी रहेका स्थानमा पनि सेवा विस्तारको लागि कार्य निरन्तर गरिरहेको कम्पनीले जानकारी गराइएको छ । उच्च गतिको इन्टरनेट तथा मोबाइल ब्रोडब्याण्ड फोरजी/एलटीई सेवाले नेपालको डिजिटलाइजेशन यात्रामा महत्वपूर्ण योगदान पुर्याउदै आएको छ ।
देशको सञ्चार तथा सूचना प्रविधि क्षेत्रको विकासमा एक प्रमुख भूमिका निर्वाह गर्दै देशैभर उच्चगतिको इन्टरनेट सेवाको पहुँच सुनिश्चित गर्न र डिजिटल नेपाल निर्माणको राष्ट्रिय लक्ष्य प्राप्तिमा योगदान पुर्याउन एनसेल प्रतिबद्ध रहेको जनाइएको छ । फोरजी सेवाको लाभ लिनका लागि ग्राहकले एनसेलको सिम सजिलै लिन सक्छन् र थ्रिजी सिम प्रगोग गरिरेहेका ग्राहकले नजिकैको एनसेल सेन्टर, एनसेल पसल वा एनसेलको आधिकारिक स्टोरबाट निःशुल्क आफ्नो सिम फोरजीमा अपग्रेड गर्न अर्थात आफुले चलाई रहेकै नम्बरमा नयाँ फोरजी सिम लिन सक्छन् ।
फोरजी/एलटीई प्रविधि अन्तर्गत फ्रिक्वेन्सीको प्रभावकारीतामा सुधार भई उच्च गतिको इन्टरनेट सेवा उपलब्ध हुने भएकाले ग्राहकले आफ्नो मोबाइल डिभासमा अझ धेरै र राम्रा एप्लिकेसनहरु प्रयोग गर्न, तत्काल महत्पपूर्ण ठूला फाइलहरु आदान–प्रदान गर्न, उच्च गुणस्तरका भिडियो सामाग्रीहरु सजिलै हेर्न लगायतका कामहरु गर्न सकिने कम्पनीले जनाइएको छ । उच्च गतिको डेटा कनेक्टिभिटी आर्थिक र मानव विकासको लागि एक आधारभूत आवश्यकता बनिसकेको छ । बढ्दो डिजिटल डिभाइडको खाडल, असमानतालाई कम गर्न र समुदाय स्तरमा सामाजिक विकासका लागि आवश्यक हुने विभिन्न अवसरहरुका निमित्त पनि यो अत्यावश्यक छ । कोभिड-१९ को प्रभावपश्चात आफ्ना परिवार, साथीभाइ, आफन्तहरुसँग सम्पर्कमा रहिरहन, घरबाटै कार्यलयको काम गर्न र दुर शिक्षा अर्थात अनलाइन कक्षालगायतका कार्यका लागि पनि यो नभई नहुने भएको छ ।
आफ्ना ग्राहकलाई सधैं डिजिटल्ली कनेक्टेड रहन प्रोत्साहित गर्नका लागि यस ‘डेटा सधैं अन’अभियान अन्तर्गत विभिन्न सेवा तथा अफरहरु सुलभ दरमा प्रदान गर्न एनसेल प्रतिबद्ध रहेको छ ।मोबाइल ब्रोडब्याण्डको फाइदा सुनिश्चित गराउँदै कम्पनीले विभिन्न उपभोक्तामैत्री अफरहरु ल्याउने छ । एनसेलका ग्राहकले एस्ट्रिक्स१७१२३ ह्यास डायल गरि आफ्नो आवश्यकताअनुसार विभिन्न डेटा प्याक सुचारु गर्न सक्छन् । विभिन्न अनलाइन प्लेटफर्म जस्तै एनसेल एप तथा वेबसाइटबाट पनि प्याकहरु सुचारु गर्न सकिन्छ । एनसेलले देशभरी ७२ लाख भन्दा बढी ग्राहकलाई डेटा सेवा प्रदान गरिरहेको छ । त्यसमध्ये ४८ लाख ग्राहकले एनसेलको फोरजी सेवा प्रयोग गरिरहेका छन् ।

























