global ime bank Long Banner Ad

गृहपृष्ठ इ-सेवाबाट नेपाल लाइफको बिमा शुल्क भुक्तानी गर्दा आकर्षक क्यासब्याक

इ-सेवाबाट नेपाल लाइफको बिमा शुल्क भुक्तानी गर्दा आकर्षक क्यासब्याक

इ-सेवाबाट नेपाल लाइफको बिमा शुल्क भुक्तानी गर्दा आकर्षक क्यासब्याक

इ-सेवामार्फत नेपाल लाइफ इन्स्योरेन्स्को बिमा शुल्क भुक्तानी गर्दा आकर्षक क्यासब्याक पाइने भएको छ । बिमितले इ-सेवाबाट बिमा शुल्क भुक्तानी गर्दा बिमा शुल्कको ०.३५ प्रतिशत देखि एक हजारसम्मको आकर्षक क्यासब्याक पाउने कम्पनीले जनाइएको छ ।

यस्तै बम्पर उपहारमा हरेक महिना आइफोन १२ जित्न सकिने पनि कम्पनीले जानकारी गराइएको छ । कम्पनीकाअनुसार कार्तिक मसान्तसम्म सञ्चालन हुने यो योजनामा नेपाल लाइफको बिमा शुल्क भुक्तानी गर्ने जो कोही पनि सहभागी हुन सकिने छ । आइफोन विजेता गोलाप्रथा माध्यमबाट छानिने छ । आफ्नो बिमा शुल्क भुक्तानी गर्नुपर्ने मितिको एक हप्ताभित्र शुल्क भुक्तानी गर्नु पर्ने कम्पनीले जनाइएको छ । इ-सेवाले अनलाइनमार्फत बिमा शुल्क बुझाउन प्रोत्साहन गर्नका लागि विभिन्न योजनाहरु सञ्चालन गर्दै आएको छ ।

मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इ-सेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ४५ लाख बढी रहेको कम्पनीको दाबी छ । यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ६० लाख जनसंख्याले इ-सेवामार्फत सेवा लिइरहेका छन् । हाल इसेवाका देशभर करिब एक लाख १० हजार भन्दा बढी एजेन्ट (इ-सेवा जोन तथा पोइन्ट) रहेका छन् । हाल इ-सेवामा मर्चेन्टको संख्या तीन लाख नाघिसकेका छन् ।

इ-सेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुलकलेजकोलगायतका शुल्क भुक्तानी गर्न सकिन्छ । इ-सेवामा हाल ५० वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इ-सेवामा सहजै रकम जम्मा गर्न तथा इ-सेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

प्रकाशित समय : २१:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु