काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सुनको मूल्य सामान्य घट्यो, चाँदी स्थिर

17.93K
shares

साताको पहिलो दिन आइतबार बढेको सुनको मूल्य सोमबार घटेको छ । आइतबार तोलामा ६ सय रूपैयाँ बढेको सुनको मूल्य आज १ सय रूपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाइएको छ ।

महासंघका अनुसार आइतबार तोलामा ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ९१ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ । आज तेजाबी सुनको मूल्य तोलामा ९० हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै सोमबार चाँदीको मूल्य स्थिर रहेको महासंघले जनाएको छ । आज चाँदी तोलामा आइतबारकै मूल्य अर्थात १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।