गृहपृष्ठ सुनको मूल्य सामान्य घट्यो, चाँदी स्थिर

सुनको मूल्य सामान्य घट्यो, चाँदी स्थिर

सुनको मूल्य सामान्य घट्यो, चाँदी स्थिर

साताको पहिलो दिन आइतबार बढेको सुनको मूल्य सोमबार घटेको छ । आइतबार तोलामा ६ सय रूपैयाँ बढेको सुनको मूल्य आज १ सय रूपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाइएको छ ।

महासंघका अनुसार आइतबार तोलामा ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ९१ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ । आज तेजाबी सुनको मूल्य तोलामा ९० हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै सोमबार चाँदीको मूल्य स्थिर रहेको महासंघले जनाएको छ । आज चाँदी तोलामा आइतबारकै मूल्य अर्थात १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित समय : १७:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु