थप ९७६ जनामा कोरोना संक्रमण पुष्टि, २० जनाको मृत्यु
वि.सं.२०७८ भदौ २० आइतवार २२:२६
shares

नेपालमा पछिल्लो २४ घण्टामा देशभर ५ हजार १७० पीसीआर परीक्षण गर्दा ९७६ र २ हजार ८०१ एन्टिजेन परीक्षण गर्दा ११३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर पीसीआर र एन्टिजेन परीक्षण गरी कुल १ हजार ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोना संक्रमितको कुल संख्या पीसीआर परीक्षण मात्रै ७ लाख ६९ हजार २७१ पुगेको छ । आज थप २० जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार ८३८ जना पुगेको छ । मन्त्रालयका अनुसार आइतबार १ हजार ५३४ जना निको भएका छन् । यससँगै देशभर कोरोनामुक्त हुनेको संख्या ७ लाख २७ हजार १८५ पुगेको छ ।
हाल देशभर रहेका सक्रिय संक्रमितको संख्या ३१ हजार २४८ रहेको छ । जसमध्ये २९ हजार ८१ जना होम आइसोलेसनमा, २ हजार १६७ संस्थागत आइसोलेसनमा छन् । त्यस्तै १६२ जनाको भेन्टिलेटरमा २६६ जनाको क्वारेन्टिनमा उपचार भइरहेको छ ।

























