काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

एलजी ओएलईडीलाई ईआइएसए अवार्डमा दशकको नविनतम टिभी आविष्कारको मान्यता

13.46K
shares

एलजीले ईआइएसए (EISA) अवार्डमा आफ्नो सफलताको प्रभावशाली कीर्तिमान थपेको छ । यसका पाँच घरेलु मनोरञ्जनका आविष्कार पुरस्कार सीजनमा प्रशंसा कमाइरहेका छन् ।

EISA (Expert Imaging and Sound Association), संसारको सबैभन्दा ठूलो उपभोक्ता इलेक्ट्रोनिक्स सम्पादकीय संगठनद्वारा वार्षिक रुपमा आयोजित EISA अवार्डले निम्न उत्कृष्ट एलजी उत्पादनहरुलाई उनीहरुको उत्कृष्ट प्रदर्शन र उत्कृष्ट डिजाइनका लागि सम्मानित गरेको छ ।

–    LG OLED TVs (models OLED65G1, OLED48C1)
–    LG QNED Mini LED TV (model 75QNED99)
–    LG EclairSoundbar (model QP5)

एलजीको ६५ G1OLED TV लाई EISA ले सर्वश्रेष्ठ प्रीमियम OLED TV २०२१–२०२२ नाम दिएको छ । LG OLED टिभीको लागि यो लगातार १०औँ वर्षको प्रशंसाको प्रतीक हो । एलजीको ४८ C1OLED TV ले EISA कै पहिलो सबैभन्दा राम्रो गेमिगं टिभी अवार्ड जितेको छ । यस वर्षको EISA 8K टिभी सम्मान LG QNED Mini LED टिभीले प्राप्त गरेको छ । जसले अधिक विवरण र अधिक सटिक रंगहरु प्रदान गर्दछ ।

साउन्डबार श्रेणीमा LG Eclair ले LG परिवारका लागि EISA Soundbar Innovation जितेको छ । LG को लागि पहिलो EISA In-Ear Headphones को कोटिमा LG Tone free earbuds ले उत्कृष्ट ध्वनिको लागि एक जीत कमाएको कम्पनीको दाबी छ । जसका उन्नत सुविधाहरु अन्य कुनै TWS उत्पादनमा पाइएको छैन ।