काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

रियलमी सी-२० र सी-२१ नेपालमा सार्वजनिक

11.82K
shares

स्मार्टफोन ब्राण्ड रियलमीले नेपालमा रियलमी सी-२० र सी-२१ सार्वजनिक गरेको छ । कम्पनीकाअनुसार आइतबारदेखि नै दराज अनलाइनबाट यी दुवै स्मार्टफोनहरुको प्रि–बुकिङ गर्न सकिन्छ ।

उक्त फोन बजारमा भने सेप्टेम्बर १ देखि नेपालभरी उपलब्ध हुने कम्पनीको भनाइ छ । कम्पनीकाअनुसार ३२ जीबी मेमोरी र २ जीबी र्‍याम भएको रियलमी सी-२० को मूल्य नेपालमा १२ हजार आठ सय ४९ रुपैयाँ र ६४ जीबी मेमोरी र ४ जीबी र्‍याम भएको रियलमी सी-२१ को मूल्य १६ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ । रियलमी सी-२० र सी-२१ मा ६.५ इन्चको डिस्प्ले, सुपर पावर सेभिङ मोड भएको पाँच हजार मेगाहर्ज ब्याट्री, जिओमेट्रिक आर्ट डिजाइन, मिडियाटेक हेलियो जी-३५ प्रोसेसरका साथै दुई सय ५६ जीबीसम्म बढाउन मिल्ने माइक्रोएसडी छ । स्मार्टफोनमा सुपर नाइटस्कोप भएको अल ट्रिपल क्यामेरा, अक्टा कोर १२ एनएम २.३ गिगाहर्ज प्रोसेसर पनि छ । यसैगरी कम्पनीले रियलमी सी-११ को मूल्यमा कटौती गरी सार्वजनिक गरेको छ । कम्पनीका अनुसार सी-११ अब ११ हजार नौ सय ९९ रुपैयाँमा नेपालमा पाउन सकिन्छ । कम्पनीकाअनुसार रियलमी सी-११ मा पनि ६.५ इन्चको डिस्प्ले, अल्ट्रा सेभिङ मोड भएको पाँच हजार मेगाहर्जको ब्याट्री जिओमेट्रिक आर्ट डिजाइन र अक्टा कोर पावरफुल प्रोसेसर रहेको छ ।

यस्तै कम्पनीले रियलमी ८ को नयाँ भेरियन्ट पनि नेपालमा सार्वजनिक गरेको छ । १२८ जीबी मेमोरी र ६ जीबी र्‍याम भएको यो स्मार्टफोन मात्र २७ हजार एक सय ९९ रुपैयाँमा पाइने कम्पनीले जनाएको छ । कम्पनीकाअनुसार तीन वर्षमा छचोटि अपग्रेड तीन करोड ३० लाख युनिट बिक्री भएको रियलमी नम्बर सिरिज सबैभन्दा सफल सिरिज हो । ६४ मेगापिक्सल क्यामेरा भएको यस स्मार्टफोनमा रहेको फोटोग्राफी फिचर्सबाट दिन र रातमा पनि सुन्दर फोटो खिच्न मिल्छ । सुपर एमोलेड डिस्प्ले भएको रियलमी ८ मा ब्राइटनेस लेभल एक हजार युनिटसम्म लग्न मिल्छ । यसैगरी, यसको पाँच हजार मेगाहर्ज ब्याट्री, ३० वार्ट डर्ट फ्ल्यास चार्जको मद्दतले ६५ मिनेटमै चार्ज फुल हुन्छ ।

कम्पनीका अनुसार रियलमीका प्रशंसकले यी दुवै स्मार्टफोन पनि आइतबारदेखि नै दराज अनलाइनमार्फत प्रिबुकिङ गर्न सक्नेछन् भने सेप्टेम्बर १ देखि नेपालभरी नै उपलब्ध हुनेछ ।