काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

महाधिवेशनबाट नयाँ उर्जा : प्रवक्ता शर्मा

17.16K
shares

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसले महाधिवेशनबाट आगामी निर्वाचन जित्ने गरी नयाँ ऊर्जा लिएर आउनुपर्ने धारणा व्यक्त गरेका छन् । नेपाली कांग्रेस दमक नगर समितिको कार्यालयमा शनिबार आयोजित अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा प्रवक्ता शर्माले सो धारणा व्यक्त गरेका हुन् ।

उनले यस अघिको सरकारले देशको प्राथमिकता नबुझेकाले सरकारबाट बाहिरिनुपरेको दाबी गरे । 'कांग्रेसलाई जनताले पाँच वर्षको लागि प्रतिपक्षमा बस्ने म्यान्डेट दिएको मैले बारम्बार भन्दै आएको हो तर पनि देश चलाउनुपर्नेले नचलाएपछि मुलुक सम्हाल्नको लागि कांग्रेस सरकारमा आउनुपरेको हो,' उनले भने । अघिल्लो सरकारले अस्थिरताका लागि अध्यादेश ल्याएको बताउँदै प्रवक्ता शर्माले भने, 'वर्तमान सरकारले मुलुकको स्थिरताका लागि अध्यादेश ल्याउनु बाध्यता हो ।'