मेगा म्युचुअल फण्ड-१ का इकाईमा माग गरिएभन्दा बढीको आवेदन
वि.सं.२०७८ भदौ ११ शुक्रवार १८:३४
shares

मेगा म्युचुअल फण्ड–१ का इकाईहरुमा माग गरिए भन्दा बढीको आवेदन परेको छ । आवेदन दिने बिहीबार अन्तिम दिनसम्ममा १ लाख ६३ हजार ६४६ आवेदकहरुबाट करिब २० करोड १४ लाख ५५ हजार ६०० बराबरको इकाई खरीदका लागि आवेदन परेको बिक्री प्रबन्धक मेगा क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार यो बिक्रीको लागि माग गरिएको आवेदन रकम भन्दा २.३७ गुणा बढीको आवेदन हो ।
मेगा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने बन्दमुखी योजना 'मेगा म्युचुअल फण्ड–१ को प्रति इकाई मूल्य १० रूपैयाँको दरको दस करोड इकाई मध्ये न्यूनतम एक करोड पचास लाख वा कुल बिक्री भएको इकाई संख्याको न्युनतम १५ प्रतिशत इकाई कोष प्रवर्द्धक मेगा बैंक लिमिटेडको लागि सुरक्षित राखि बाँकी न्यूनतम आठ करोड पचास लाख इकाईमा सार्वजनिक निष्काशन गरिएको थियो ।
मागभन्दा धेरै बढी इकाईका लागि आवेदन परेकोले धितोपत्र बोर्डले जारी निर्देशिका बमोजिम कोषको कुल आकारको २५ प्रतिशत थप गरि इकाईहरु बाँडफाँड गरिन जनाइएको छ ।

























