सुनिश्चित भविष्यका लागि असल नेतृत्व अब्दुल्ला टुन्सर केइसीसँग अन्तरक्रिया सम्पन्न
वि.सं.२०७८ भदौ ११ शुक्रवार १६:४२
shares

ग्लोकल प्रालिले हरेक वर्ष आयोजना गर्दै आएको ‘वाई वाई ग्लोकल टिन हिरो’ को सातौं संस्करणका लागि ग्लोकल २० अन्डर २० तथा अन्तिम ६ प्रतिस्पधीको घोषणा भइसकेको छ । यिनै प्रतिभावान किशोरकिशोरीहरुका लागि ५ दिने लामो क्षमता निर्माण कार्यशाला सञ्चालन भइरहेको छ ।
उक्त कार्यशालाको मुख्य उद्देश्य एक अन्तरक्रियाको वातावरण प्रदान गर्न, किशोरकिशोरीहरुको व्यक्तिगत वृद्धिमा सहयोग गर्न एवं नेटवर्किंङको बढावा गर्न सञ्चालन भइरहेको छ ।किशोरकिशोरीहरुले टर्कीस एयरलाइन्सका महाप्रबन्ध अब्दुल्ला टुन्सर केइसीसँग अन्तरकृया गर्ने मौका प्राप्त गरेका थिए । उनले यी अद्भुत किशोरहरुलाई अद्भुत काम गर्न सक्षम भएकोमा बधाई दिए ।
सम्पूर्ण फाइनलिस्टहरुसंग कुरा गर्दै उनले यस्ता प्रतिभाशाली किशोरकिशोरहरुको कार्य देखेर आफु अत्यन्त प्रभावित भएको कुरा गरे । उनले उनीहरुलाई आफ्नो विचारहरु र गतिविधिहरुलाई धेरै समर्पण र विश्वाससँग लागू गर्न को लागि प्रेरित गरे । अन्ततः समाजमा भइरहेको कामहरुलाई पनि सम्मान गर्न जरुरी रहेको कुरा साझा गरे । सेप्टेम्बर १, २०२१ मा शिक्षा, उद्यमशीलता, कूटनीति, एवं अन्य विविध क्षेत्रका व्यक्तित्वहरुको उपस्थितीमा ग्लोकल टिन हिरो नेपाल २०२१ को विजेता घोषणा अनलाइन गरिने भएको छ ।

























