भिभोको वाई ५३ एस स्मार्टफोन नेपाली बजारमा
वि.सं.२०७८ भदौ १० बिहीवार १७:०८
shares

भिभोले आफ्नो अत्याधुनिक स्मार्टफोन वाई ५३ एस नेपाली बजारमा ल्याएको छ । यो युथ ओरिएन्टेड वाई सिरिजन्तर्गत उत्पादनमा ल्याइएको हो ।
जसमा ६४ एमपी रियर क्यामेरासमेत छ । यो स्मार्टफोनमा आई अटोफोकस विशेषता र सफा फोटो खिच्ने क्षमता रहेको कम्पनीले उल्लेख गरेको छ । वाई ५३ एस स्मार्टफोनमा ८ जीबी र ३ जीबी एक्स्टेन्डेड र्याम समावेश भएकोले मल्टिपल एप्स प्रयोग गर्दा स्मूथ एक्स्पेरिएन्स पाउन सकिने कम्पनीको दाबी छ । साथै ३३ वाट फ्लास चार्ज भएकोले पर्फेक्ट सेवा दिनुका साथै उपभोक्तहरुलाई छिटो आकर्षण गर्ने कम्पनीको विश्वास छ ।
वाई ५३ एसमा क्यामेरालाई लामो समयसम्म प्रयोग गर्न सहयोग पुग्ने गरी वाई ५३ एसमा ५००० एमएएच क्षमताको ब्याट्री राखिएको छ । जसमा ३३ वाट फ्लासचार्ज प्रविधि छ । यसबाट प्रोफेसनल फोटोग्राफरहरुले सधैं उत्कृष्ट प्रतिभा देखाउन सक्ने कम्पनीले जनाइएको छ । कम्पनीका अनुसार यो ह्याण्डसेटमा आकर्षक ३ डी डिजाइन रहनुका साथै यो स्मार्ट फोनले जहिले र जहाँसुकै पनि स्पष्ट फोटो खिचेर प्रयोगकर्ताको अपेक्षा पूरा गर्न सक्छन् । भिभो नेपालका प्रमुख कार्यकारी अधिकृत मार्सले भने, 'भिभो आफ्ना ग्राहकहरुको जीवनस्तरसँग सुहाउँदो, उच्चगुणस्तरको विश्वप्रसिद्ध उत्पादन बजारमा ल्याउन पाएकोमा गौरवको अनुभव गर्दछ । यसले आफ्नो गौरवशाली परम्परालाई निरन्तरता दिदै युवा पुस्ताको अभिरुचीअनुसार आई अटोफोकस र सुपर नाइट क्यामेरा वाई ५३ एसमा समावेश गरेको छ ।' उनले थपे, 'हाम्रो उद्देश्य आफ्ना ग्राहकहरुमा सामाजिक मनोरञ्जन र फोटोग्राफीको उत्कृष्ट अनुभव होस् भन्ने हो ।'
वाई ५३ एस स्मार्टफोनमा ६४ एमपी रियर क्यामेरा, २ एमपी वोक्हे क्यामेरा र २ एमपी म्याक्रो क्यामेरा समावेश गरिएको छ । यसमा आइ अटोफोकस् प्रविधिसहित यसको सफ्टवेयर र हार्डवेयरको क्षमताले सफा र स्तरीय, फोटो र भिडियो तयार गर्दछ । फेज डिटेक्सन अटोफोकस प्रविधिले सवजेक्टमा निरन्तर फोकस गरी पोट्रेट र एक्सन सट लिने शक्ति राख्ने कम्पनीको भनाइ छ । यसमा भएको सुपर नाईट सेल्फीले रातको समयमा पनि उच्चस्तरीय फोटो लिन सकिने कम्पनीले बताइएको छ । वाई ५३ एसमा इलेक्ट्रोनिक इमेज स्टाविलाइजेसनको प्रयोग गरी अल्ट्रा-स्टेवल भिडियो फिचर समावेश गरिएको छ । जसले भिडियो खिच्दा अल्ट्रा–स्टेवल आउटपुट प्रदान गर्दछ ।
यसको मल्टी स्टाइल पोट्रेट फिचरले उत्कृष्ट फोटोग्राफीको अनुभव गर्न सकिन्छ । वाई ५३ एसमा ८ जीबी र्याम, ३ जीबी एक्स्टेन्डेट र्यामसहित १२८ जीबी रोम र १ टीबी एक्स्पान्डेबल मेमोरी रहेको छ । जसले गर्दा धेरै एप प्रयोग गर्दा कुनै बाधाबिनाको अनुभव ग्राहकले पाउन सक्छन् । साथै ३३ वाट फ्ल्यास चार्ज र ५००० एमएएच हाई क्यापासिटी ब्याट्रीले गर्दा मल्टि–टास्किङ गर्न सकिन्छ । स्ट्राटेजिक आर ३ क्यामेरा लेआउटसहितको वाई ५३ एस स्लिक र फ्लाट फ्रेम डिजाइनमा तयार गरिएको छ र यो दुई कलरमा उपलब्ध रहेको कम्पनीले उल्लेख गरेको छ । ३ डी वडी भएको वाई ५३ एस सोफेष्टिकेटेड् र टेक्स्चर्ड लुकमा उपलब्ध छ र यो डीप सी ब्ल्यु र फान्टाष्टिक रेन्बो कलरमा उपलब्ध छ । स्मार्टफोन सुपथ मूल्यसहित सबै रिटेल च्यानलहरुमा ३४ हजार ९९९ रूपैयाँमा उपलब्ध हुने कम्पनीले जानकारी दिइएको छ ।

























