थप २,३२१ जनामा कोरोना संक्रमण, ३३ जनाको मृत्यु
वि.सं.२०७८ भदौ ३ बिहीवार २२:५२
shares

नेपालमा पछिल्लो २४ घण्टामा ११ हजार ९ सय ४६ पीसीआर परीक्षण गर्दा २ हजार ३२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै ४ हजार ४९२ एन्टिजेन परीक्षण गर्दा ७ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बिहीबार देशभर पीसीआर र एन्टिजेन परीक्षण गरी ३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमित हुनेको कुल संख्या ७ लाख ४२ हजार २२८ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३३ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार ४२९ पुगेको छ । बिहीबार २ हजार १२६ जना कोरोनाबाट निको भएका छन् । यससँगै नेपालमा ६ लाख ९१ हजार २२९ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ५ सयजना रहेका छन् । जसमध्ये ३७ हजार ११४ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ३८३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ७३९ जना आईसीयू र १६८ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

























