काेंकण रेल्वेले दियाे नेपालसँगकाे सम्झौता रद्द गर्ने चेतावनी
वि.सं.२०७८ साउन २९ शुक्रवार १५:५८
shares

भारतीय कम्पनी काेंकण रेल्वेले जयनगर-कुर्था रेलसेवा सम्झौता खारेज गर्ने चेतावनी दिएको छ । नेपालले सम्झौताअनुसार २० प्रतिशत अग्रिम भुक्तानी उपलब्ध गराउन नसकेपछि बुधबार पत्र पठाउँदै सम्झौता रद्द गर्ने भारतले चेतावनी दिएको हो ।
कोंकण कम्पनीले दुई वर्षअघि नै रेल सेवा सञ्चालनका लागि प्रस्ताव गरेको थियो । सरकारले २ वटा रेल खरिद गर्ने निर्णयअनुसार कोंकणले दुईवटा रेलको डेमो २०२० सेप्टेम्बरमा पठाएको थियो ।नेपालले भारतीय कम्पनीसँग सन् २०२१ मे २४ भित्र रेल सेवा सञ्चालन गर्न सम्झौता गरेको थियो । सम्झौताअनुसार रेल चलाउन ट्रयाक पनि तयार भएको र रेल पनि आइसकेको भए पनि नेपालले भुक्तानी गर्न नसकेको भन्दै दुःख पनि व्यक्त गरिएको छ ।
पत्र :
























