ओपोद्वारा नेक्स्ट-जेनरेशन अन्डर-स्क्रिन क्यामेरा प्रविधि सार्वजनिक
वि.सं.२०७८ साउन २९ शुक्रवार १५:३७
shares
ओपोले स्मार्टफोनका लागि लक्षित आफ्नो नेक्स्ट-जेनरेशन अन्डर स्क्रिन क्यामेरा (यूएससी) प्रविधि सार्वजनिक गरेको छ । हार्डवेयर नवप्रवर्तन र ओपोको स्वामित्वका एआई अल्गोरिदमको संयुक्त उपयोग गरी निर्मित नयाँ अन्डर-स्क्रिन क्यामेरा सोल्यूशनले सावधानिपूर्वक फ्रण्ट फेसिङ क्यामेरालाई स्मार्टफोन डिस्प्लेको मूनी प्रयोग वा स्ट्यान्डबाई दुवै अवस्थामा समग्र स्क्रिनको मज्जा लिन सकिने तरिकाले स्थापित गराएको ओपोले जनाएको छ ।
यसले प्रयोगकर्तालाई स्क्रिनको गुणस्तर र क्यामेराले खिच्ने दृष्यको गुणस्तरमा सटिक सन्तुलन र बिनासम्झौता एकरुपता प्रदान गर्ने कम्पनीले जनाएको छ ।
ओपोको नेक्स्ट-जेनरेशन अन्डर-स्क्रिन क्यामेरा सोल्यूशन
यो नयाँ अन्डर-स्क्रिन क्यामेरा सोल्यूशनले अन्डर स्क्रिन क्यामेराको विकासक्रमको सुरुवाती अवस्थादेखि समस्याका रुपमा आइरहेका रुकावटहरुको समाधानार्थ विभिन्न प्राविधिक र उत्पादनसम्बन्धी चुनौतीको विकल्प तथा समाधान उपलब्ध गराएको छ । अन्डर-स्क्रिन क्यामेरामाथिको स्क्रिन क्षेत्रमा देखिने अस्थिर डिस्प्ले गुणस्तर, क्यामेरालाई स्क्रिनले छोपेका कारण देखापर्ने न्यून गुणस्तरीय तस्विर तथा उत्पादनप्रतिको विश्वासनियता र टिकाउपनलगायत समस्याका समाधान पनि यसले उपलब्ध गराएको छ ।
ओपोको नेक्स्ट-जेनरेशन अन्डर-स्क्रिन क्यामेरा प्रदर्शित गरिएको एक प्रोटोटाइप उपकरण
अभिनव पिक्सेल ज्यामिति : नयाँ सोल्यूशनले हरेक पिक्सलको साइज, पिक्सेलको संख्यामा कुनै कमी नल्याइकन घटाउन सघाउँछ । यसले गर्दा क्यामेरा अवस्थित क्षेत्रमा समेत ४००-पीपीआई उच्च गुणस्तरीय डिस्प्लेको सुनिश्चितता मिल्छ ।
पारदर्शी वायरिङ र नयाँ डिजाइन
ओपोले पारम्परिक स्क्रिन वायरिङलाई नयाँ पारदर्शी वायरिङ धातुको प्रयोगमार्फत विस्थापित गरेको छ । उच्च परिशुद्धतासहितको उत्पादन प्रक्रियामार्फत वायरिङका कारण हुने चौडाईलाई ५० प्रतिशत घटाएर सटिक डिस्प्ले गुणस्तरका साथै आरामदायी दृश्यानुभूति प्राप्त हुन्छ ।
सटिकता, रंग र प्रकाश माथि सुदृढ नियन्त्रण :
विद्यमान औद्योगिक मानकअनुसार क्यामेरामाथिको स्क्रिन क्षेत्रमा २ पिक्सेल ड्राइभका लागि १ पिक्सेल सर्किट (१-टू-२)का स्थानमा ओपोले एक पिक्सेल सर्किटले एक पिक्सेल नै ड्राइभ गर्ने आफ्नो स्वामित्वअन्तर्गतको नयाँ समाधान प्रस्तुत गरेको छ । ओपोको सटिक अल्गोरिदम कम्पेन्सेशन प्रविधिसंगको संयुक्त प्रयोगले समग्र स्क्रिनको क्रोम्याटिसिटी र प्रकाशमाथिको नियन्त्रणको सटिकतालाई मात्र २ प्रतिशतको डेभिएशनमा सीमित गर्छ । ई-बुक्स पढ्ने, समाचार ब्राउज गर्ने, म्याप्सको नेभिगेशनलगायत कार्यमा ओपोको नेक्स्ट-जेनरेशन अन्डर-स्क्रिन क्यामेरा प्रविधिले साना फन्ट्सको सटिक प्रदर्शनी, तथा टेक्स्चर र रंगको गुणस्तरमा समेत सटिकता प्रदर्शित गर्छ ।
अझ भरपर्दो र टिकाउ :
१-टू-१ पिक्सेल सर्किट र डेडिकेटेड अप्टिमाइजेशन अल्गोरिदमका साथमा ओपोको नेक्स्ट-जेनरेशन अन्डर-स्क्रिन क्यामेरा सोल्यूशनले स्क्रिनको अन्डर-स्क्रिन क्यामेराको क्षेत्रका लागि डिस्प्ले कम्पेन्सेशन उपलब्ध गराउनुका साथै स्क्रिनको आयू ५० प्रतिशतसम्म लम्ब्याउने क्षमता राख्छ ।
क्यामेराको कुरा गर्नु पर्दा ओपोको यूएस रिसर्च ईन्ष्टिच्यूटले ईमेजिङ एआई अल्गोरिदमको एक नयाँ श्रेणीकै विकास गरिसकेको छ । तिनमा विवर्तन घटाउने, अन्डर स्क्रिन क्यामेरामा साधारणतया देखिने धमिलो आकृति तथा अति चहकिलो हुनेलगायत एचडीआर र एडब्ल्यूबी जस्ता समस्याको समाधान सम्मिलित रहेका छन् । ओपोले आफ्नो एआई डिफ्राक्शन रिडक्शन मोडललाई दसौँ हजार तस्विरका सहायताले तालिम प्रदान गरिसकेको छ ।

ओपोको नेक्स्ट-जेनरेशन अन्डर-स्क्रिन क्यामेरा प्रदर्शित एक प्रोटोटाइप उपकरण
फराकिलो स्क्रिन-टू-बडी रेसियो तथा आकर्षक डिजाइनप्रतिको उपाभोक्ता मागमा वृद्धिसंगै ओपोले ती क्षेत्रमा विकास तथा अन्वेषणका लागि ठूलो लगानी गरेको छ । सन् २०१८ को सुरुवाती अवस्थादेखि ओपोले हालसम्म आइपुग्दा अन्डर-स्क्रिन क्यामेरा सोल्यूशनअन्तर्गत तीन पुस्ता सार्वजनिक गरिसकेको छ । आफ्ना विश्वभरका उपभोक्तालाई फूल-स्क्रिन अन्डर-स्क्रिन क्यामेराको अभुतपूर्व अनुभव प्रदान गर्ने लक्ष्यकासाथ ओपोले अन्डर-स्क्रिन क्यामेरा प्रविधिमा थप अनुकूलनका लागि हार्डवेयर डिजाइन र अल्गोरिदमिक प्रोसेसिङ क्यापेबिलिटिजअन्तर्गत आर एण्ड डीलाई निरन्तरता दिने जानकरी दिएको छ ।
























